२०७९ भाद्र १
  • काठमाडौँ

गुगलले किन्दै छ यति महंगाे अफिस

असाेज ६, न्युयाेर्क । सर्च इन्जिन कम्पनी गुगलले अमेरिकाको न्युयोर्कमा कार्यालय भवनका लागि झन्डै साढे २ खर्ब रुपैयाँ खर्च गर्ने भएको छ।

गुगलका प्रमुख आर्थिक अधिकृत (सिएफओ) रूथ पोराटले २.१ अर्ब डलर (२ खर्ब ४७ अर्ब रुपैयाँ) खर्चेर म्यानहटनमा कार्यालयका लागि भवन किन्ने योजना सार्वजनिक गरेका हुन्।

अमेरिकी समाचार पत्र द न्युयोर्क टाइम्सले कोरोना महामारीपछि सुस्ताएको म्यानहटनको रियल स्टेट कारोबारमा गुगलको यो घोषणाले आशाको सञ्चार गरेको बताएको छ।

सन् २०१९ को अन्त्यदेखि सुरू भएको कोरोना महामारीका कारण अझै पनि धेरै कम्पनीहरूले सबै कर्मचारीहरूलाई कार्यालयमा नबोलाई वर्क फ्रम होममा राखेका छन्।

गुगलले पनि सबै कर्मचारीलाई साताको पाँचै दिन कार्यालयमा बोलाएको छैन। कम्तीमा सन् २०२२ को पहिलो त्रैमाससम्म गुगलका सबै कर्मचारी कार्यालयमा हाजिर हुने छैनन्। न्युयोर्क सहरमा गुगलका १२ हजार कर्मचारी छन्। थप दुई हजार नयाँ कर्मचारी राख्ने गुगलको योजना छ।

सिएफओ पोराटका अनुसार गुगलको नयाँ कार्यालय सन् २०२३ को मध्यतिरबाट सञ्चालनमा आउनेछ।

महामारीका बेला झन् नाफा बढेका टेक्नोलोजी कम्पनीहरूले म्यानहटनमा घटेको रियल स्टेटको मूल्यको फाइदा उठाइरहेका छन्। अमेजन कम्पनीले गत वर्ष फिफ्थ एभेन्युमा ९७८ मिलियन डलर खर्चेर लर्ड एन्ड टेलर भवन किनेको थियो भने फेसबुकले फार्ले बिल्डिङ कार्यालय चलाउन भाडामा लिएको थियो।

एसेन्जी को सहयोगमा

२०७८ आश्विन ६, बुधबार ०५:१५ 0 Minutes 129 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।