२०७९ भाद्र १
  • काठमाडौँ

ग्यास लिक भएर आगलागी हुँदा घा`इते भएका दम्पतीको मृ`त्यु

झापा । झापाको अर्जुनधारामा ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा घा`इ`ते भएका एक दम्पतीको उपचारको क्रममा मृ`त्यु भएको छ ।

गत भदौ २६ गते शनिबार साँझ ग्यास लिक हुँदा भएको आगलागीमा परी अर्जुनधारा ७ पुष्पलाल मार्गका रोम खनाल, उनको श्रीमती दुर्गा खनाल र छोरा पकज खनाल घा`इ`ते भएका थिए ।

काठमाडाैँको किर्तिपुर अस्पतालमा उपचारका क्रममा खनाल दम्पतीको निध`न भएको छिमेकी तथा सामाजिक अभियन्ता कमल पोख्रेलले जानकारी दिए ।

उनका अनुसार उपचारकै क्रममा सोमबार राति पाैने ८ बजे रोम खनालको नि`ध`न भएको थियो भने राति ११ः१५ बजे दुर्गा खनालको निध`न भएको हो । छोरा पंकजको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

सामान्य अवस्थामा रहेका छोरा पंकजलाई अस्पतालले आज डिस्चार्ज दिने जानकारी आएको छिमेकी पोख्रेलले बताए । खनालको परिवारमा मृ`तक रोमका आमा, एक छोरा र एक छोरी छन् । उनीहरु अहिले छिमेकीको घरमा बसिरहेका छन् ।

यसैबीच, मृ`तक खनाल दम्पत्तिको काठमाडौँमै अ`न्त्ये`ष्टि गरिने पारिवारिक सहमति भएको पनि पोख्रेलले जानकारी दिएका छन् । न्युज२४ बाट

२०७८ आश्विन ५, मंगलवार ०६:२४ 0 Minutes 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।