२०७९ भाद्र १
  • काठमाडौँ

अन्तरिक्षमा ९० दिन बसेका तीन चिनियाँ यात्री फर्किए पृथ्वी

बेइजिङ : चीनको सबैभन्दा लामो अन्तरिक्ष (स्पेस) मिसनपछि चिनियाँ अन्तरिक्ष टोली सकुशल पृथ्वीमा फर्किएको छ । करिब ९० दिन लामो अन्तरिक्ष मिसन पूरा गरी सो टोली शुक्रबार पृथ्वीमा आइपुगेको हो ।

नेई हेइसेङ, लिउ बुमिङ र ताङ होन्वोको टोलीले शुक्रबार पृथ्वीमा पाइला टेकेका हुन्। गत बिहीबार अन्तरिक्षयानबाट छुटेका सो टोलीले १ बजेर ३५ मिनेट (स्थानीयसमयअनुसार) भित्रि मङ्गोलियाको गोपि मरुभूमिमा अवतरण भएका थिए ।

पृथ्वीदेखि ३८० किलोमिटरमाथि रहेको चीनको स्पेस स्टेसनमा सो टोलीले ९० दिन बिताएको थियो । जुन १७ मा सो टोली अन्तरिक्षतर्फ गएको थियो । विभिन्न खोजका लागि अन्तरिक्षमा पुगेको सो टोली आफ्नो मिसन पूरा गरी फर्किएको हो।

२०७८ आश्विन ५, मंगलवार ०४:२४ 0 Minutes 170 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।