२०७९ असार १८
  • काठमाडौँ

गिनिज वल्ड रेकर्ड : जापानका दुई जुम्ल्याहा दिदीबहिनी विश्वमा सबैभन्दा जेठाे भएकाे दावी

एजेन्सी । जापानका दुई जुम्ल्याहा दिदीबहिनीले विश्वमा सबैभन्दा वृद्ध व्यक्ति रेकर्ड बनाएका छन् । हाल १ सय ७ बर्ष र ३ सय ३० दिन पुगेका उनीहरुको नाम सबैभन्दा वृद्ध व्यक्तिको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा रहेको हो ।

जापनमा राष्ट्रिय अवकाशका रुपमा आयोजना गरिएको कार्यक्रममा जुम्ल्याहा दिदीबैनीलाई सम्मान गर्दै वल्ड रेकर्डमा नाम दर्ता गराइएको हो । उमेनो सुमियामा र कौमे कोडमा नामका यी जुम्ल्याहाको जन्म सन् १९१३ नोभेम्बरमा जापानको शोदोशिमामा भएको थियो ।

आफ्ना मातापिताका ११ सन्तान मध्ये यिनीहरु चौथो सन्तानको रुपमा जन्मिएका थिए । यसअघि जापानकै जुम्ल्याहा दिदीबहिनी नारिता र जिन केनीले १ सय ७ बर्ष र १ सय ७५ दिनको रेकर्ड राखेका थिए ।

इमेजखबर बाट

२०७८ आश्विन ५, मंगलवार ०२:५८ 0 Minutes 100 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।