२०७९ असार १४
  • काठमाडौँ

पूर्व युवराज्ञी हिमानीले गरिन् जानकी मन्दिरमा पूजा, लाग्यो ‘राजा आउ देश बचाऊ’को नारा

जनकपुरधाम – संविधान दिवसका दिन संविधानविरूद्ध प्रदेश २ भरि विरोध प्रदर्शन भईरहेका बेला जनकपुरधाममा ‘राजा आउ देश बचाऊ’को नारा लागेको छ । आइतबार संविधान विरूद्ध मधेश केन्द्रित दल विरोध प्रदर्शन गरिरहेकै बेला पूर्व युवराज्ञी हिमानी शाहको जनकपुरधाम भ्रमणको क्रममा नगरमा सो नारा लागेको हो ।

खानेपानी सामाग्री वितरणका लागि एक ट्रष्टद्वारा सोमबार आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन पुर्व युवराज्ञी हिमानी जनकपुरधाम आएकी हुन।

विमानस्थलदेखि उनी बस्ने तय भएको होटल सीताशरणसम्म र जानकी मन्दिरमा पूजा अर्चनाका लागि गइरहेको बेला होटल देखि जानकी मन्दिरसम्म नगरभरि राजा समर्थकहरूले ‘राजा आउ देश बचाउका नारा लगाएका थिए ।

यसअघि राजा समर्थक संस्था नेपाल राष्ट्रिय नागरिक समाजले संविधानको विरोध सहित २०४७ सालको संविधान लागू गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए। जनकपुर भ्रमणको क्रममा आउने बितिकै उनी जानकी मन्दिरमा बेलुका पुगेर विशेष पूजा अराधना गरेकी छिन भने

सोमबार जनकपुरधामको कन्या मावि स्कुलमा खानेपानी सम्बन्धि सामाग्री वितरण गर्नेछिन । पूर्व युवराज्ञी हिमानीको स्वागतका लागि मन्दिर झिलीमिली बत्तिले झकिझकाउ पारिएको थियो भने रेड कार्पेट समेत उनको स्वागतका लागि व्यवस्था गरिएको थियो ।

२०७८ आश्विन ४, सोमबार ०३:२७ 0 Minutes 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार