२०७९ असार १८
  • काठमाडौँ

दाङमा धम्की दिएर ५० लाख असुल्न खोज्ने ३ महिला पक्राउ

३-असोज/ दाङ प्रहरीले अ’प’रा’धि’क लाभ (एक्सटर्सन) लिन नहुने क’सुरमा ३ जना महिलालाई पक्राउ गरेको छ । बियर र चिया खाएकै भरमा ५० लाखबाट बार्गे’निङ सुरु गरेर १८ लाखमा बार्गेनिङ टुंग्याइ हनि ट्रयापमा पारेर पैसा असुल्ने ३ जना महिलालाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालीका १५ निवासी ३२ वर्षिय सितादेवी थापा, सोही ठाउँ निवासी ३५ वर्षिय खुमा वली र घोराही ५ निवासी ३२ वर्षिय सुस्मा परियार रहेका छन् ।पक्राउ परेका मध्य सितादेवी थापा बस्दै आएको डेराकोठाबाट असार ७ गतेका दिन पिडितलाई प्रहरीमा उजुरी दिन ध’म्की दिई

पिडितबाट १७ लाखको सिभिल बैंकको चेक एक थान र नगद १ लाख मध्य उक्त बैंक सितादेवी थापाको डेरा कोठाबाट बरामद भएको र नगद १ लाख थापाले व्याजमा लगाई सकेको भनी प्रारम्भीक अनु’सन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

मुलुकी अ’प’रा’ध संहिता २०७४ को परिच्छेद २१ को ठगी, अ’प’रा’धि’क विश्वासघात तथा अ’प’रा’धि’क ला’भ (एक्सटर्सन) सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेकोले सोही दफाको उपदफा ३ (ख) बमोजिम व्यवसायमा गैर कानुनी गरिकाले

कुनै क्षति पु¥याउने वा चरित्रमा झुठो दो’स लगाउने नियतले डर” त्रास देखाई अ’प’रा’धि’क ला’भ लिएमा ३ वर्ष सम्म कैद र ३० हजार रुपैंया सम्म जरि’वाना हुने कानुनी प्रावधान रहेको छ ।

तुल्सिपुर अनलाइन बाट

२०७८ आश्विन ३, आईतवार ११:२८ 1 Minute 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।