२०७९ असार १४
  • काठमाडौँ

अब त उत्तर कोरियाले रेलबाटै यस्तो गर्न थाल्यो, दुनियाभरका मानिसहरु बने चिन्तित !

पछिल्लो समय निरन्तर क्षेप्यास्त्र परीक्षण गरीरहेको उत्तर कोरीयाले रेलबाटै ब्यालेष्टीक क्षेप्यास्त्र परीक्षण गरेको छ । यसबाट उसका बिरोधी राष्ट्रहरुमा चिन्ता बढेको छ ।

यो परीक्षण बुधबार गरिएको उत्तर कोरीयाली समाचार संस्था केसीएनएले जनाएको छ । उत्तर कोरीयाले रेलबाट क्षेप्यास्त्र गरेको पहिलो घटना हो । उत्तर कोरीयाको यो आणविक हतियार सहितको गतिविधिबाट अमेरीका र दक्षिण कोरिया चिन्तित बनेका छन् । दक्षिण कोरीयाले पनि पनडुब्बीबाट क्षेप्यास्त्र प्रहार गरेको छ ।

उत्तर कोरीयाले कुनै पनि धम्की र आक्रमणको जवाफ दिने तयारी पूरा भएको जनाएको छ । उत्तर कोरीयाले कम लागतमा अत्यन्त घातक र प्रभावशाली हतियार विकास गर्ने जनाएको छ ।

यस्तै चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने र आपसी सहयोगका कार्यक्रमहरुलाई साथ साथमा अघि बढाउने सहमति भएको बताइएको छ ।

दुई मन्त्रीबीच हिजो भएको भेटवार्ताका क्रममा सो सहमति भएको हो । उहाँहरुबीच द्धिपक्षीय हित र अन्य सहयोगका क्षेत्रहरुमा सहकार्य गर्ने बारेमा समझ्दारी भएको बताइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच बिहीबार भेटवार्ता भएको हो । उहाँहरुले यी दुई देशबीच विगत लामो समयदेखि नै सुमधुर सम्बन्ध रही आएको भन्दै आर्थिक, सामाजिक तथा अन्य मुद्धाहरुमा आपसी साझा सहमतिका साथ अघि बढ्ने बारेमा छलफल भएको बताइएको छ ।

उहाँहरुबीच हाल विश्वव्यापी रुपमा देखिएको कोरोना महामारीका विरुद्धमा पनि मिलेर अघि बढ्ने सहमति भएको थियो । महामारीका विरुद्धको सहयोग र सहकार्यलाई एकसाथ अघि बढाइने चिनियाँ विदेशमन्त्रीले बताउनुभएको थियो ।

२०७८ आश्विन ३, आईतवार ०७:१५ 0 Minutes 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार