२०७९ असार १४
  • काठमाडौँ

ऋण लागेको भन्दै धुर्मुस-सुन्तलीले रोके गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम

काठमाडौं । गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको प्याराफिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारफिटका २ सय ८६ वटा पिलर उठाइएको छ ।

चौरमा दुबो गोड्ने काम भइरहेको छ । चौरको काम ९५ प्रतिशत सकिएको छ । प्यारफिट तयार भएर भीआइपी टावर बनाउन थालिएको छ । टावर वान को फिलर उठाइसकेर बिम ढलान हुँदैछ । ८ वटा पिच बन्न बाँकी छ ।

तर दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस-सुन्तली फाउन्डेसनले रंगशाला निर्माण रोकेको । ‘एक वर्षमा ३५ प्रतिशत काम सकियो, पहिलो चरणको पयारफिट निर्माण भयो, अब पिच बन्नेबितिकै जुनसुकै खेल खेलाउन मिल्ने अवस्था छ’,

फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) ले भने, ‘हामीले अहिलेसम्म उधारोमा काम गर्यौ । ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसक्यो । एकै पटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले अब हाम्रो सामथ्र्यले धान्दैन भनेर रोकेका हौं ।’

२०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल,

कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपतिलगायत मन्त्री सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि त बढ्यो । तर खर्च अभावमा बीचैमा अलपत्र भएको छ । इमेज खबर बाट

२०७८ आश्विन ३, आईतवार ०६:१७ 1 Minute 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार