२०७९ भाद्र १
  • काठमाडौँ

काठमाडौंबाट छुटेको गाडी दुर्घटना : तीनजनाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं, भदौ ३१ – काठमाडौंदेखि जाँदै गरेको बाेलेरो जिप रामेछापमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। प्रदेश ३–०१०२३ च ३५१३ नम्बरको डबल क्याप बाेलेरो जिप आज बिहीबार बिहान ९ बजे मन्थली नगरपालिका– ६ हात्तीसारस्थित कुनौलीमा दुर्घटना भएको हो।

जीपमा सवार चार जनामध्ये चालक लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र गाडीधनी वाङ्छे शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। १२ वर्षीय पेम्वा शेर्पा गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर श्रीशंकर श्रेष्ठले अप्ठेरो बाटोमा तीब्र गति भएका कारण जीप दुर्घटना भएको हुनसक्ने बताए। उनका अनुसार जीप घुम्तीमा दुर्घटना भएको थियो। शेर्पा वैदेशिक रोजगारीका क्रममा पोर्चुगलबाट घर फर्कँदै गरेको श्रेष्ठले जानकारी दिए ।

यो पनि गए राति त्रिभुवन राजपथको पालुङ-नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका–१ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ ।

पालुङबाट काठमाडौंका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नम्बरको ट्रक गए राति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर दुर्घटना भएको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिए ।

नुवाकोट एक्सप्रेस बाट

२०७८ आश्विन ३, आईतवार ०३:१० 1 Minute 563 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।