
सुबिन अधिकारी // बास्तबमा भन्ने हो भने पर्देशिएका नेपालि दाजुभाइहरुको पिडा र कहानी पनि एकदमै कहाली लाग्दो हुन्छन। घर परिवारकै लागि भनेर बिदेशिएका हुन्छन तर यता भने उनको श्रीमती भने अर्कै संग लागेर कमाएको सबै सम्पति हिना मिना परेका हुन्छन। यस्ता घटना आजभोलि नेपालमा बढ्दो छ।
लोकप्रिय गायक राजु परियार र गायिका कृष्ण परियारको सुमधुर आवाजमा बहुप्रतिभाका धनि डि.आर सुजनको लय तथा शब्द सिर्जनामा अहिले समाजमा घटेका घटनालाई समेटेर बनाइएको लोक गित परदेशी काईलो बजारमा सार्बजनिक भयको छ।
भिडियो तर्फ डि.आर सुजनको निर्देशन रहेको छ भने रेशम दर्लामीको छायांकन रहेको छ र बिकाश ज्ञावालिको सम्पादन रहेको छ। भिडियोमा बुद्दि तामाङ्ग , इस्टु कार्की , सुरबीर पण्डित , भुइसाल लामा , दिवाकार भण्डारी , मनिष राज सापकोटा , अर्जुन कार्की , सन्तोष तामाङ्ग , बिमल खड्का , बिकास दाहाल , शान्ता थापा मगर , सरोज श्रेष्ठ ले अभिनय गरेका छन्।
उक्त मन छुने भिडियोलाई डि.आर सुजनको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक भयको छ।
भिडियो हेर्नुहोस :