२०७९ श्रावण ३१
  • काठमाडौँ

काठमाडौं आउँदै गरेको बस दुर्घटना : १८ जना घाइते, ५ जनाको अवस्था गम्भिर

२ असोज, काठमाडौं । काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार विहान ४ बजे दुर्घ”टनामा परेको छ । कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसवासामा यात्रु बस दुर्घ”टना हुँदा १८ जना घाइते भएका हुन ।

रुकुमबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार विहान ४ बजे दुर्घ”टनामा परेको हो। दुर्घ”टनामा सामान्य घाइते भएको १३ जनाको स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

अन्य गम्भिर रहेका पाँच जनालाई भने थप उपचारका लागि बुटवल लगिएको छ। तीव्र गतिमा रहेको सो बस अनि’यन्त्रित भई दुर्घ”टना भएको प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र पाण्डेले बताए। दुर्घ”टनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ।

यो पनि सिन्धुपाल्चोकमा खोलामा डुबेर ५५ वर्षीया महिलाको मृत्यु भएको छ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ५ माझी बगरस्थित इन्द्रावती खोलामा ५५ वर्षीया जुना सार्की मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।

उनी गत सोमबार पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ स्थित छोरी पार्वती र नातिनीलाई घरमा पुर्‍याउन गएकी थिइन्। त्यहाँबाट उनी आफ्नो घर जान्छु भन्दै निस्किएकी थिइन्। तर बिहीबार सम्म पनि फर्किएनन्।

नफर्किएपछि प्रहरीलाई खबर भएको थियो। प्रहरीले खोज्ने क्रममा शुक्रबार उनको शव इन्द्रावती खोलामा फेला परेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धान गरी शव परिवारलाई बुझाएको छ। नुवाकोट एक्सप्रेस बाट

२०७८ आश्विन २, शनिबार १४:०४ 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।