२०७९ असार १८
  • काठमाडौँ

बझाङमा कान र नाकमा लगाएको मुन्द्राको लोभमा हजुरआमाको ह`त्या

बझाङ । बझाङमा हजुरआमाको ह,त्याका आरो`पीलाई जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

हजुर आमाको ह`त्या गरेको आरो`पमा विहीबार प`क्रा`उ परेका दुर्गाथली गाँउपालिका ५ का २३ बर्षिया सुवास जप्रेललाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

सुवास जप्रेलले भदौ २७ गते विहान ८/९ बजेको समयमा धा`रिलो ह`ति`या`र हँ`सि`या प्रयोग गरी ८५ बर्षिया आफ्नै हजुरआमा रिखी देवी जप्रेलको ह`त्या गरेका थिए । एउटै घरमा बस्दै आएका सुवासले हजुरआमाको ह`त्या गरी आँगन नजिकै श`व गाडेको अवस्थामा ३० गते नै प्रहरीले श`ब फेला पारेको थियो ।

सुवासले हजुरआमाको कानमा लागाएका २ थान सुनका मुन्द्रा र नाकमा लागएको १ थान सुनको मुन्द्रीको लोभले ह`त्या गरेको स्वीकार गरेको प्रहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।उहाँले भन्नुभयाे ‘सुनको लोभले हजुर आमाको ह`त्या गरेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ ।

घट`ना २७ गते बिहान घटेको र दिउँसो उक्त गहन विक्री गरी फेरी बेलुकी ६/७ बजेको समयमा घट`ना स्थलमा पुगी भित्र भएको श`वलाई ता`नेर घर आँगनकै अघि पट्टी खाल्डो खनेर गाढेको जप्रेलले स्वी`कार गरेका छन् । घट`नाबारे थप अनुसन्धान भै रहेको समेत डिएसपी खड्काले बताउनुभयो । ’

यस्तो छ घ´टनाको विवरण
२७ गते घ`टना भएको भएपनि प्रहरीलाई भने खबर ३० गते मात्रै भएको थियो । वडा नम्बर ५ का वडा अध्यक्ष समेत रहेका राम बहादुर जप्रेलले आमा २७ गते देखी घरमा नदेखेपछि खोजी गर्नुभयो तर कतैपनि पत्तो पाईएन ।

कतैपनि पत्तो नपाएपछि उहाँले प्रहरीलाई खबर गर्नुभएको थियो । घर भित्र हेर्दा रगतका छिटा समेत देखेपछि उहाँले प्रहरीलाई खबर गर्नुभएको प्रहरीले जनाएको छ । त्यति बेला सम्म ह`त्याका आ`रो`पि`त सुवास परिवारकै सम्पर्कमा थिए ।

सुवास २८ गते सदरमुकाम चैनपुर सम्म पुगेर केही कपडा खरिद गरी कपालमा समेत रातो मेहन्दी समेत लगाए । सुवास २८ गते चैनपुरमै बसेर २९ गते गाँउ तिर लागेको र उनी २९ गते हजुर आमा र आफु बस्ने घरमा नगएर अरुकै घरमा बसेका थिए ।

३० गते बेलुका गाँउमा गाँई गुई ह`ल्ला चलेपछि वडा अध्यक्ष समेत रहेका जप्रेलले प्रहरीलाई खबर गर्नुभएको थियो । खबर पाउने वित्तिकै जिल्लाबाट समेत प्रहरीको टोली घ`टनास्थलमा पुग्ने बारे जानकारी पाएपछि सुवास गाँउ बाट ३१ गते बिहान फ`रार रहे ।

सुवासलाई भाग्दै गरेको अवस्थामा दुर्गाथली गाउँपालिका ७ को लौवादेब डाँडाबाट प`क्रा`उ गर्न प्रहरीको टोली सफल भयोे । सुवासले साथीसंग हुजर आमाको हत्याका बारेमा समेत कुराकानी गरेको स्रोतले जनाएको छ । प्रहरीले घटनाको विस्तृप्त रुपमा अनुसन्धान गरी रहेको जनाएको छ । इमेज खबर बाट

२०७८ आश्विन २, शनिबार ०९:२५ 0 Minutes 275 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।