२०७९ असार १८
  • काठमाडौँ

बँदेललाई थापेको विद्युतीय पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु

बर्दिया / बँदेल मार्न राखेको विद्युतीय पा’सोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

गएराति करिब १० बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिकामा एकै परिवारका तीन जनाको बँदेल मार्न राखेको करेन्टको पासोमा परेर ज्यान गएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाका अनुसार करेन्टको पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ का ३२ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको मृत्यु भएको हो।

सुरुमा एक जनालाई करेन्ट लागेपछि बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेको प्रहरी निरीक्षक रोकायाले जानकारी दिए ।

बँदेललाई पासो थाप्ने स्थानीय ८३ वर्षीय राजबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घ’टनाबारे थप अनुसन्धान भइरहेको छ।

२०७८ आश्विन २, शनिबार ०५:१३ 1 Minute 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।