२०७९ श्रावण ३१
  • काठमाडौँ

उत्तर कोरियाको कदमको २४ घण्टा नबित्दैं अमेरिकाले दिएको प्रतिक्रियाले विश्व नै तरंगित !

उत्तर कोरियाले लामो दूरीसम्म प्रहार गर्न सक्ने क्रुज मिसाइल परीक्षण गरेको एक दिनपछि अमेरिकाले दिएको प्रतिक्रियाले विश्व तरंगित बनेको छ । अमेरिकाले उत्तर कोरियालाई वार्ताका लागि ढोका खुलै रहेको बताएको हो ।

उत्तर कोरियाले लामो दूरीसम्म प्रहार गर्न सक्ने क्रुज मिसाइल परीक्षण गरेको एक दिनपछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो। उत्तर कोरियाका लागि अमेरिकाका राष्ट्रपति जो बाइडेनका दूतले वार्ताका लागि ढोका खुलै रहेको बताएका हुन्।

जापानको राजधानी टोक्योमा जापान र दक्षिण कोरियाका वरिष्ठ अधिकारीहरूसँगको एक बैठकमा बाइडेनका दूत सुङ किमले त्यस्तो बताएका हुन्। उनले भने, ‘हामी स्पष्ट पार्न चाहन्छौं– अमेरिका उत्तर कोरियाप्रति कुनै दुश्मनी गर्न चाहँदैन।’

यसअघि आइतबार उत्तर कोरियाले लामो दूरीसम्म प्रहार गर्न सक्ने क्रुज मिसाइलको सफल परीक्षण गरेको बताएको थियो। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले अनुसार शनिबार र आइतबार १५ सय किलोमिटरभन्दा पनि पर मार हान्न सक्ने दुई मिसाइलको परीक्षण सफल भएको जानकारी दिएको थियो।

बीबीसीका अनुसार तीन देशका दूतका बीच उत्तर कोरियालाई वार्ताको टेबलमा फर्काउने विषयमा छलफल भएको थियो। साथै उनीहरूबीच आर्थिक र खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियालाई मानवीय सहायता प्रस्तावबारे पनि छलफल भएको छ।

स्मरणयोग्य कुरा– दुई वर्षअघि अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उत्तर कोरियाका शासक किम जोङ उनसँग वार्ता गर्ने प्रयास गरे पनि असफल भएको थियो। बिबिसी

२०७८ भाद्र ३१, बिहीबार ०२:१६ 0 Minutes 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।