२०७९ श्रावण ३१
  • काठमाडौँ

सार्वजनिक यातायातमा गहना र सामान लुटपाट तीन जना प’क्राउ

चितवन प्रहरीले सार्वजनिक यातायातमा गहना तथा समान चो’री र लु’टपाट गर्ने तीनजना प’क्राउ परेका छन । प’क्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका वडा नम्बर ४ मुसहरीटोल बस्र्ने ३५ कि पिंकी धामीन लगायत ३ जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए।

उनीहरुले समुह बनाई सार्वजानिक स्थान तथा सवारी साधनमा भिडभाडको फाइदा उठाई महिलाहरुलाई लक्षित गरी शरिरमा लगाएको, खल्तिमा वा ब्यागमा राखेको सामान तथा गरगहना चो’रेको आ’रोपमा सोमबार प’क्राउ थापाले जानकारीप् दिए ।

सार्वजनिक बसमा यात्रारत एक जना महिलाको ब्यागबाट गरगहना चो’री गरेको अबस्थामा प्रहरीले प’क्राउ गरेको हो । उनीहरुलाई नि’यन्त्रणमा लिई अदालतबाट म्याद थप गरी अ’नुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।उता नवलपुर जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ व्यक्तिलाई पक्राउ गरेको छ

नवलपरासी (बर्दघा’ट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय दु’म्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जिल्लाको अरुणखोला, सर्दी र चिसापानीबाट मोटरसाइकलसहित चोरीमा संलग्नलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले चोरीका मोटरसाइकलसहित जिल्लाको मध्यविन्दु नगरपालिका–१० का २९ वर्षीय मुकेश थापा, सोही ठाउँका ३३ वर्षीय दिलबहादुर सोती, विनयी त्रिवेणी गाउँपालिका–२ का ३० वर्षीय गङ्गाबहादुर मगर, विनयी त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय प्रेमबहादुर पररियार,

सोही स्थानका २० वर्षीय मिलन थापा र पाल्पाको निस्दी गाउँपालिका–७ का २५ वर्षीय खेमबहादुर सारुलाई पक्राउ गरेको छ । जिल्लामा एकैपटक ठूलो सङ्ख्यामा चो’रीका मोटरसाइकल समातिएको यो पहिलो घ’टना भएको गिरीको भनाइ छ ।प्रहरीले ब’रामद गरेका मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरेर बुझाउने प्रक्रिया सुरु गरेको उहाँले बताउनुभयो ।

चोरीका मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई मु’लुकी अ’परा’ध सं’हिता–२०७४ को परिच्छेद २० को चो’रीसम्बन्धी क’सुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको छ । प्रहरीले ब’रामद गरेका मोटरसाइकल चो’रीमा सं’लग्न रहेका अन्य व्यक्तिको खोजी कार्यसमेत जारी रहेको जनाएको छ ।

२०७८ भाद्र ३०, बुधबार १०:४५ 0 Minutes 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।