२०७९ श्रावण ३१
  • काठमाडौँ

साउथ हिरोईन सामन्था लाई पर्यो ठुलो संकट , डि,भोर्सको तयारी

एजेन्सी । दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री सामन्था अक्किनेनी र नागार्जुनका छोरा नागा चैतन्यको वैवाहिक सम्बन्ध संकटमा परेको छ ।उनीहरुले सन् २०१७ मा विवाह गरेका थिए । यो जोडी दक्षिण भारतीय फिल्मको सुन्दर जोडीका रुपमा परिचित छन् ।

केही समयअघिदेखि उनीहरुको वैवाहिक जीवन ठिक ढंगले नचलिरहेको खबर बाहिर आएको थियो । यो जोडीले हालैमात्र म्यारिज काउन्सलरसँग भेटघाट गरेका छन् ।समाचारअनुसार यो जोडी सम्बन्धविच्छेदको तयारीमा छन् । यसको कारण नागाको सन्तान जन्माउने चाहना रहेको बताइएको छ ।

नागा सामन्थाले केही समयका लागि फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने चाहन्छन् । तर सामन्था भने आफ्नो करियरको उत्कृष्ट समयमा पुगेकाले उनी तत्काल फिल्म छोड्न चाहँदिनन् ।उनीहरुले आफूहरुबीचको मतभेदलाई समाधान गर्न म्यारिज काउन्सलरसँग भेट गरेको खुल्नमा आएको छ ।

उनीहरुको सम्बन्धविच्छेद हुन लागेको खबर केही समय यता चलिरहे पनि यद्यपि अक्किनेनी परिवारले यो कुराको हालसम्म पुष्टि गरेको छैन ।विवाह पछि सामन्थाले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि अक्किनेनी लेखेकी थिइन् ।

उनी कैयौंपटक सामाजिक सञ्जालमा नागासँगको तस्वीर राख्छिन् ।यद्यपि नागा सामाजिक सञ्जालमा त्यति सक्रिय छैनन् । तर केही समय अघि सामन्थाले सामाजिक सञ्जालबाट अक्किनेनी हटाएपछि उनीहरुको सम्बन्ध बिग्रिएको हुनसक्ने अनुमान लगाइएको थियो ।नागासँग विवाह हुनुअघि सामन्था रंग दे बसन्ती अभिनेता सिद्धार्थसँग प्रेममा थिइन् ।

उनीहरु विवाहको तयारीमा रहेको बेला अचानक सम्बन्धमा दरार आएको थियो ।सामन्था सिद्धार्थलाई लिएर निकै गम्भीर थिइन् । तर सम्बन्ध टुटेपछि उनले नागासँग विवाह गरिन् । उनीहरुको विवाह निकै धुमधामका साथ भएको थियो ।टलिउडकी सफल अभिनेत्रीहरुमध्ये एक सामन्था रुथ प्रभुलाई अहिले कुनै पहिचानको आवश्यक छैन ।

आफ्नो बोल्ड र सुन्दर अन्दाजले उनी चर्चित छिन् । यता नागा चैतन्यको पूरा नाम नागा चैतन्य अक्किनेनी हो । उनी तेलूगु सिनेमाको चिरपरिचित अभिनेता हुन् । उनले अहिलेसम्म थुप्रै फिल्ममा अभिनेताको रुपमा काम गरेका छन् ।

२०७८ भाद्र २९, मंगलवार ०३:४२ 0 Minutes 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।