२०७९ भाद्र १
  • काठमाडौँ

बिष्णु माझीलाई खोज्न थाल्यो प्रहरी र आयोगले

काठमाडौँ । गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन मानव अधिकार आयोगले चासो देखाएको छ ।

‘चरी जेलैमा’ गीत चर्चित भएपछि मानव अधिकार आयोगले गायिका माझीको अवस्थाबारे चासो देखाएको हो ।

सामाजिक सञ्जालमा चर्चित गायिका विष्णु माझीको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि मानवअधिकार आयोगले पनि चासो देखाएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले सामाजिक सञ्जालहरुमा विष्णु माझीको अवस्था सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेकाले आफूहरुले उनको परिवारसँग बुझ्ने प्रयास गरेको बताए । उनले आयोगले जिल्ला प्र’शा’सन कार्यालय स्याङ्जा र प्रहरीलाई माझीबारे थप जानकारी उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए ।

स्याङ्जाका प्र,हरी प्रमुख एवं एसपी होविन्द्र वोगटीलाई फोन गरेर आवश्यक जानकारी गराउन आयोगले आग्रह गरेको हो । तर, प्रहरीले उनको माइती घरमा पुग्दा कसैलाई पनि फे’ला नपारेको रिपोर्टिङ गरेको छ । विष्णुका बाबु आमाको नि’ध’न भइसकेको घरमा कसैसँग पनि भेट नभएको प्र’ह’रीको भनाई छ ।

२०७८ भाद्र २८, सोमबार १२:२७ 0 Minutes 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।