२०७९ असार १५
  • काठमाडौँ

विप्लवलाई पृथ्वीनारायण शाहको तस्बिर उपहार

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई अधिवक्ता तथा ‘नेपालका लागि नेपाली अभियान’का अभियान्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको तस्बिर उपहार दिएका छन् ।

सोमबार खुलामञ्चमा एमसीसी विरुद्धको विरोध सभामा आफ्नो मन्तव्य राखिसकेर भण्डारीले नेपालको निर्माता पृथ्वीनारायण शाह भएको भन्दै शाहको तस्बिर उपहार दिएका हुन् ।

यो पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलेएमसीसी विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । काठमाडौको टेकु, त्रिपुरेश्वर, लैनचौर बबरमहललगायतका स्थानबाट नारा लगाउँदै विरोध जुलुस निकालेको हो ।

विरोध र्याली खुलामञ्चमा पुगेर सभामा परिणत भएको छ । सभामा विप्लव लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।

२०७८ भाद्र २८, सोमबार ०९:१७ 0 Minutes 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार