२०७९ श्रावण २६
  • काठमाडौँ

म्यानपावरले ठगेपछि अस्पतालमा ब’म राखेर फिरौती !

गत भदौ २४ गते काठमाडौँ पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ब’म राखिएको खवर फैलियो । उक्त ब’म अर्को दिन नै से’नाको टोलीले निस्क्रिय बनाएको थियो

अस्पताल प्राङगणमा ब’म राखेर डा किशोर प्रधानलाई अपरिचित युवाहरुले ३ करोड फि’रौ’ती माग्दै पटक पटक फोन गरिरहे । फोन गर्ने धादिङका आशिष कुंवर थिए । कुंवरले डा प्रधानलाई फोन गरेर अस्पताल र घर समेतमा ब’म राखेको र पैसा नदिए ध्व’स्त पारीदिने भन्दै ध’म्का’इरहेका थिए ।

अस्पतालमा ब’म राख्ने कुंवरसहित तीन जनालाई प्र’क्रेर प्रहरीले आइतबार सार्वजनिक गरेको छ । प’क्रा’उ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भई फुटुङ बस्ने २५ वर्षीय आशिष कुंवर, उनका भाई २० वर्षीय अभिषेक कुंवर र रोल्पाको खोलावाङ घर भएका ४० वर्षीय अम्मर बहादुर रोका मगर छन् । महानगरीय प्र’ह’री परिसर काठमाडौँमा आइतबार आ’रो’पीहरु सार्वजनिक गरिएको छ ।

परिसरका एसएसपी अशोक सिंहका अनुसार धादिङका आशिष र अभिषेक काठमाडौँ फुटुङमा बसेर विदेश जाने तयारीमा थिए । विदेश जाने प्रक्रियाको लागी १७ लाख बढी खर्च भैसकेको थियो । तर भिसा आएको थिएन । एक महिना अघि आशिष आँखाको लेन्स फेर्नको लागि मात्रृका आँखा अस्पताल बानेश्वर पुगेका थिए । जहाँ ८० हजार खर्च गरेर आँखा उपचार गरे ।

प्र’ह’रीका अनुसार उपचारको लागि आँखा अस्पताल पुगेका उनीहरु अस्पताल चलेको देखेपछि पैसा कमाउन सकिन्छ भनेर ब’म राख्ने योजना बनाएका थिए । उनीहरुले युट्यूव हेरेर ब’म बनाउन सिकेको प्रहरी अ’नु’स’न्धानबाट खुलेको छ ।

डाक्टरलाई फोन गरेर ध’म्काउनको लागि एनसेल र स्मार्ट फोनको तीन वटा नयाँ सिमकार्ड किनेका थिए । युट्यूब हेरेरै टाइम ब’म बनाएपछि उनीहरु ट्याक्सीमा ब’म लिएर गई अस्पतालको तेस्रो तलामा राखेर फर्केका थिए । ब’म राखेपछि उनीहरुले अस्पतालको एक कर्मचारीलाई फोन गरेर शौचालयमा ब’म भएको खवर गरेका थिए ।

१ करोड ७५ लाख लेनदेन गर्ने गरी अम्मर बहादुर रोकाले बार्गेनिङ गरेका थिए । पैसा लिएर नागढुंगा आउनका लागि प्रधानलाई खवर गरेका थिए । यसै क्रममा आशिष र अम्मरबहादुर प्र’क्रा’उ परे । अभिषेकलाई भने प्र’ह’रीले धादिङबाट प्र’क्रा’उ गरेर ल्याएको हो ।

प्र’ह’रीले उनीहरूमाथि ‘आ’प’राधिक लाभ’ सम्बन्धी क’सु’रमा अ’नुसन्धान गरिरहेको छ । एसएसपी सिंहका अनुसार उनीहरुले बनाएको ब’म कुन अवस्थामा थियो, स’क्कली नै थियो कि नक्कली, दाजुभाई यसअघि पनि आ’प’रा’धिक घ’ट’नामा सं’ग्लन थिए थियनन् भन्ने बारे थप अ’नु’स’न्धान गरिँदैछ ।अन्नपूर्णपोष्टमा खबर छ,

२०७८ भाद्र २८, सोमबार ०३:०८ 0 Minutes 199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।