२०७९ भाद्र १
  • काठमाडौँ

एमसीसीविरुद्ध प्रदर्शन गर्दा ज्ञानेन्द्र शाही घाइते, ट्रमासेन्टरमा उपचार हुँदै

एमसीसीवि’रुद्ध प्रदर्शन गर्दा हाम्रो नेपाल हामी नेपालीका संयोजक तथा सामाजिक अभियानता ज्ञानेन्द्र शाही घाइते भएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा एमससीको विरोध गर्दै गर्दा प्रदर्शनको क्रममा शाही घाइते भएका हुन् ।

प्रद’र्शनकारीहरूले एमसीसी उपाध्यक्ष फतिमा सुमारवि’रुद्ध नाराबाजी गर्नुका साथै एमसीसी खारेजीको माग गरेका थिए  । उक्त प्रद’र्शनमा ‘एमसीसी खारेज गर’, ‘विदेशी हस्तक्षप मुर्दा’वाद’ जस्ता नाराहरु लगाइएका छन् ।

हेमराज थापा ,ज्ञानेन्द्र शाहि, सोम शर्मा, राजेन्द्र ताम्राकार , अर्जुन पौडेल, नगेन्द्र देउजा, पुण्य गौतम आदि युवाहरु घाइते भएका छन् । उक्त प्रद’र्शनमा घाइते भएका ज्ञानेन्द्र शाहीको ट्रमासेन्टरमा उपचार भई रहेको जानकारी दिइएको छ ।

एमसीसीविरुद्ध दैनिक प्रदर्शन भइरहेका छन् । धेरै युवाहरु पक्राउ पनि परेका छन् । एमसीसी उपाध्यक्ष फतिमा सुमारको चार दिनका लागि विहिबार नेपाल आगमन भएको छ । उनले विभिन्न नेताहरुसँग भेटवार्ता गरि रहेकी छन् ।

२०७८ भाद्र २६, शनिबार १३:०० 0 Minutes 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।