२०७९ असार १८
  • काठमाडौँ

सैनिकका घर बनाउन २५ लाख सहुलियतपूर्ण ऋण दिने नवनियुक्त प्रधानसेनापतिको घोषणा !

काठमाडौं : नवनियुक्त प्रधान सेनापति प्रभु राम शर्माले नेपाली सेनाका सकल दर्जालाई चार कोठाको घर निर्माणका लागि सैनिक कल्याणकारी कोषबाट २५ लाख ऋण दिने घोषणा गरेका छन् । पद बहाली गरे पछि सकल दर्जालाई पहिलो सम्बोधन गर्र्दै शर्माले १० वर्ष सेवा पुरा गरेका सैनिकलाई त्यस्तो सहुलियतपूर्ण ‘आवास कर्जा’ दिने घोषणा गरेका हुन् ।

‘सेनाका सकल दर्जा अवकाश हुँदा कमसेकम ओत लाग्ने ठाउँको सुनिश्चितता गर्न र घर बनाउन सक्षम हुन भन्ने मेरो चाहना छ’ जंगी अड्डामा आयोजित कार्यक्रममा शर्माले भने–‘१० वर्ष सेवा गरेका सकल दर्जालाई चारकोठे घर निर्माणका लागि २५ लाखसम्म सहु लियतपूर्ण आवासकर्जा उपलब्ध गराइने छ ।’

अनुशासित पहलतालाई प्रोत्साहन गरिने नीति लिने बताएका शर्माले संगठनलाई सिमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने अवाञ्छित गतिविधि क्षम्य नहुने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण अनिश्चितता, अ’स्थिर र तरल तथा ज’टिल भएको विश्लेषण गर्दै शर्माले त्यस्तो वातावरणले सेनाको सामु चूनौ’ति देखिएको बताएका छन् । शर्माले भने, ‘यस्तो जटिल परिस्थितिमा समेत संवैधानिक दायित्व पुरा गर्नका लागि सदैव तयार रहनु सेनाको कर्तव्य हो ।’ राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिअनुसार सैनिक रणनीतिको निर्माण गरेर सैनिक मुल ग्रन्थ पुनरावलोकन गरिने शर्माको भनाइ छ ।

‘रणनीतिक, अपरेशनल र ट्याक्टिकल तहबीच सामन्जस्यता कायम हुनेगरी ३ जोड एक कमाण्डको सफल कार्यान्वयन गरिँदै लगिनेछ’ प्रधान सेनापति शर्माले भने–‘सामूहिक भावना अनुरुप कार्य गर्नैपर्छ, सामूहिकतालाई विशेष प्राथमिकतामा राखिएको छ।’

प्रधान सेनापतिमा नियुक्त हुँदा आफुलाई जिम्मेवारी बोध भएको बताएका शर्माले राष्ट्रिय गौरवको आयोजना द्रुतमार्गलाई निर्धारित समयमा पुरा गर्न विशेष पहल गरिने बताएका छन् । नेपाल समाचार बाट

२०७८ भाद्र २६, शनिबार १०:४५ 0 Minutes 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।