२०७९ असार १८
  • काठमाडौँ

सुमारसामु देउवाले भने एमसिसी पास गर्छु

प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचारविमर्श भएको छ। प्रधानमन्त्री निवासमा आज अपराह्न भएको छलफल नेपाल-अमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणमा त्यसको सम्भावनाबारे केन्द्रित रहेको थियो।

एमसीसी उपाध्यक्ष सुमारसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउन आफूले राजनीतिक स्तरमा छलफल गरिरहेको बताएका हुन्। ‘एमसीसी अगाडि बढाउन मैले प्रयास गरिरहेको छु,’ उनले भने, ‘हामी सकारात्मक छौं तर सत्ता गठबन्धनमा आ,बद्ध भएका दलहरूलाई मनाउने प्रयास गरिरहेको छु। उनीहरूसँग छलफल गरेर एमसीसी अगाडि बढाउँछु।’

भेटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसी परियोजना संसदबाट छिट्टै अनुमोदन गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेकी थिइन्। ‘एमसीसी संसदबाट छिटो अनुमोदन हुनेछ भन्ने मलाई विश्वास छ,’ उनले प्रधानमन्त्री देउवासँगको भेटमा भनिन्, ‘यो परियोजनाले नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण योगदान गर्छ भन्ने विश्वास हामीलाई छ।’

नेपालको भौतिक पूर्वाधार परियोजना कार्यान्वयन गर्ने ५५ अर्बको कम्प्याक्टमा सैन्य अंश नभएको प्रस्ट्याउन, अर्थ मन्त्रालयले गरेका प्रश्नको सम्बोधन तथा अस्पष्टता हटाउन र नेपाली जनताबाट एमसिसीबारे जानकारी लिन उपाध्यक्ष सुमार बिहीबारदेखि नेपाल भ्रमणमा छन्।

सम्झौता कार्यान्वयनका निम्ति चाल्नुपर्ने भावी कदमबारे उच्च राजनीतिक नेतृत्व, विभिन्न सरकारी अधिकारी, व्यापारिक तथा सामुदायिक नेतृत्वसँग समेत छलफल गर्न आउनुभएकी उहाँले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेकी थिइन्। आजै उनले नेपाली कांग्रेसका अन्य नेताहरूसँग पनि छलफल गरेकी थिइन्।

बिहीबार बिहान काठमाडौंमा आइपुगेकी उपाध्यक्ष सुमार दिनभर भेटघा,टमा नै व्यस्त रहिन्। त्यसक्रममा उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर कम्प्याक्टलाई संसद्बाट पारित गर्न आग्रह गरेकी थिइन्। राजनीति बाट

२०७८ भाद्र २६, शनिबार १०:३१ 1 Minute 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।