२०७९ असार १८
  • काठमाडौँ

काठमाडौंका वडाध्यक्षले मेयरको कार्यकक्षमा गएर के गरे ? देख्ने हरुपनि लाजले भुतुक्कै भए

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले तोडफोड गरेका छन् । वडाध्यक्ष डंगोलले शुक्रबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रशासन विभाग प्रमुख र उपप्रमुखको कार्यकक्षको ढोकामा लात्ती हानेर तोडफोड गरेका हुन् ।

वडाध्यक्ष डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै महानगरपालिकाको कार्यालयमा लात्ती हानेको बताएका छन् । उनको लात्ताले आल्मुनियमको ढोकाको कब्जा फुस्किएको छ । साथै, अन्य भौतिक क्षति पनि पुगेको बताइएको छ ।

दुई वर्षदेखि कामै नगर्ने इन्जिनियर हुँदा पनि आफूले सहेर बसेका वडाध्यक्ष डंगोलले दुई महिनाअघि महानगरसँग माग गरेअनुसार एक जना इन्जिनियर पाएका थिए । तर, अहिले उनले थाहै नपाई त्यस इन्जिनियरको पनि सरुवा गरिएपछि उनी महानगर गएर त्यसबारे गुनासो पोखे ।

तर, उनको गुनासोबारे ‘माथिको आदेशबमोजिक सरुवा’ भन्ने सुनेपछि उनले सहन सकनेनन् र महानगरको कार्यालयमा गएर लात्ताले ढोकामा हाने ।

अध्यक्ष डंगोलले वडामा इन्जिनियर नहुँदा काम गर्न सास्ती भएको र दुई महिनाअघि आएको इन्जिनियरको सरुवा हुनु वडाबासीमाथि घा’त भएको भन्दै उनले अ न्याय भएको बताएका छन् । उनले वडामा गएर ढोकामा लात हानेर फर्किएको स्वीकारेका छन् ।

वडाध्यक्षले महानगरको ढोकाको कब्जा फुस्काएर अन्य भौतिक क्षति पुर्याएपछि मेयर विद्यासुन्दर शाक्यले उक्त घटनापछि घ’ट’ना’स्थलको मु’चुल्का उठाउन निर्देशन दिएका छन् । तो ड फो ड बाट भएको क्षति वडाध्यक्ष डंगोलबाटै भराउन मेयर शाक्यले निर्देशन दिएका छन् ।

२०७८ भाद्र २५, शुक्रबार १४:४२ 1 Minute 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।