२०७९ असार २०
  • काठमाडौँ

‘सभामुख,लाई हान्न माइक, तानेँ, मौका मिलेन आज टाउको नै फुटाउँथेँ’

“काठमाडौँ –  नेकपा एमालेकी,सांसद रेखा झाले आज सभामुखको टाउको फुटाउने योजना भएको बताएकी छन् । प्रतिनिधि सभाको आजको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा उनले यस्तो बताएकी हुन् । ”

‘आज,टाउको नै फुटाउँथेँ, सभामुखलाई ,हान्न माइक तानेको । संसद्को मर्यादा छ नि । विरोध भइरहेको छ । हामी नारा लगाइरहेका छौँ बैठक, चलाउने ?’ उनले भनिन्, ‘नियम उल्लंघन गर्नेलाई के गर्ने ? अहिले हानेको छैन मौका मिल्यो भने हान्छौँ ।’

“उनले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्न खोजेकी थिइन् । उनले एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न गरिन्”

“यो पनि :-“देउवाले एमसीसी, पास गर्न खोजे,माओवादीले, सरकार छोडेर,सडक तताउँने”

“एमसीसी पास गराउँन दवाव दिन एमसीसीकी उपाध्यक्ष फतिमा सुमार काठमाडौैमा दौडधुप गरिरहेकै बेला सत्तासाझेदार प्रमुख दल माओवादी केन्द्र एमसीसीमा थप कडा बन्दै गएको छ ।”

“मओवादी केन्द्रका नेताहरुले एमसीसी इण्डोप्यासिफिक सैन्य रणनितिको अंग भएको दावी गर्दै सदनबाट पास गर्न नदिने अडान कसिलो बनाउँदै लगेका छन् । माओवादीले आवश्यक पर्दा सरकार बाट बाहिरिएर सडक तटाउँने सम्मको तयारी गरेको बताइन्छ ।”

“आज विहान मात्रै एमसीसी उपाध्यक्ष फतिमा सुमार र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगको भेटमा पनि प्रचण्डले यथाअवस्थामा एमसीसी पास गर्न सहयोग गर्न नसक्ने प्रष्ट पारेका छन् । प्रचण्डले राष्टिय सहमतीको प्रस्ताव अघि बढाएका छन् ।”

प्रचण्ड र फतिमाको भेट लगत्तै प्रचण्डका विश्वास पात्र वाग्मती प्रदेशमा पूर्व सामाजीक विकामन्त्री युवराज दुलाल सरदले एमसीसीको पक्षमा लाग्नु भन्दा सरकार छोडेर माओवादीले सडक आन्दोलन गर्ने प्रष्ट पारेका छन् । माओवादी केन्द्र कुनै पनि हालतमा राष्टहित विपरीत जान नसक्ने जिकिर उनले गरेका छन् ।

“प्रचण्ड र फतिमा सुमारको तस्विर सामाजिक संजालमा राख्दै नेता सापकोटाले स्पष्ट बिचार र राष्ट्रियताको सवालमा विदेशीसामु झुक्न हुँदैन भनेर स्पष्ट धारणा बोकेको पार्टी हो माओवादी भन्दै एमसीसीको पक्षमा नलाग्ने प्रष्ट पारेका छन् ।”

“यस अघि पनि ओली लगायकाको दवाव र धम्की पटक पटक झेल्दै आएको भन्दै सरदले ‘अहिले सरकारमा छँदा पनि बृहत राष्ट्रिय सहमति नभई यथास्थितिमा पास गर्न सकिँदैन भनेकै हो । यथास्थिति र राष्ट्रिय सहमति कुटनीति भाषा हुन्’ उनले भनेका छन् ।”

“आफ्नो समाजिक संजालमा मओवादी केन्द्रका नेता युवराज दुलला सरदले यस्तो लेखेका छन् चर्चा तस्विर कुटनीतिको छ यतिबेला । माओवादी केन्द्रले सरकार बाहिर छँदा पनि ऋऋ यथास्थितिमा पास हुँदैन भनेकै हो, सभामुख महरा र सभामुख सापकोटा मार्फत केपी ओली सरकारको चर्को दवावलाई सामना गरेर रोकेकै हो र अहिले सरकारमा छँदा पनि बृहत राष्ट्रिय सहमति नभई यथास्थितिमा पास गर्न सकिँदैन भनेकै हो ।”

“यथास्थिति’ र ‘राष्ट्रिय सहमति’ कुटनीति भाषा हुन् । माओवादी राष्ट्रिय सुरक्षामा चुनौतिपूर्ण संशय रहेको एमसीसी पारित गर्ने पक्षमा छैन, माओवादी सरकार छोडेर बरु सडकमा आउँछ तरएमसीसी पारित गर्दैन । स्पष्ट बिचार र राष्ट्रियताको सवालमा विदेशीसामु झुक्न हुँदैन भनेर स्पष्ट धारणा बोकेको पार्टी हो माओवादी ।”

२०७८ भाद्र २५, शुक्रबार १३:२८ 1 Minute 171 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।