२०७९ श्रावण ३१
  • काठमाडौँ

त्रिभुवन विमानस्थल बाहिरबाट स्वागत नेपालसहित ६ जना प’क्रा’उ

एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउँदा वि’रो’ध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्र’ह’री’ले प’क्रा’उ गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई प’क्रा’उ गरिएको हो । उनीहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएलगत्तै वि’रो’ध जनाएका थिए ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कार्यन्वयनका लागि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोली बिहीबार बिहान काठमाडौं आइपुगेको थियो । टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा,

उर्जामन्त्री पम्फा भुसाल लगायतलाई भेट गर्ने कार्यक्रम छ । एमसीसीको सम्बन्धमा आवश्यक छलफल गर्नका लागि भन्दै उनीहरु काठमाडौं आइपुगेका हुन् । नेपालमा एमसीसीको सम्बन्धमा पास गर्न हुने र नहुने सम्बन्धमा वि’वा’द हुँदै आएको छ ।

२०७८ भाद्र २४, बिहीबार ०८:०० 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।