२०७९ श्रावण ३१
  • काठमाडौँ

प्रधानमन्त्रीमाथि ढुंगा प्रहार

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई प्रचार अभियानका क्रममा ढुंगा प्रहार गरिएको छ । मंगलबार ओन्टारियोमा एउटा ब्रुअरीको भ्रमणपछि बसमा फर्कने क्रममा उनीमाथि ढुंगा प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री ट्रुडोलाई चोट भने लागेको छैन । सीटीभी नेसनल न्युजका अनुसार मिडिया बसमा सवार दुई जनालाई पनि ढुंगाले लागेको छ ।

ट्रुडोले अगस्टमा मध्यावधि चुनाव घोषणा गरेका थिए । क्यानडामा सेप्टेम्बर २० मा संघीय चुनाव हुँदैछ । लिबरल पार्टीलाई बहुमत दिलाउने उद्धेश्यसहित ट्रुडोले प्रचार अभियानलाई तीव्र बनाएका छन् ।

तर कोरोनाविरुद्धको खोप अनिवार्य र अन्य प्रतिबन्धलाई लिएर क्यानडामा विरोध प्रदर्शन भइरहेको छ । प्रधानमन्त्री ट्रुडोको चुनावी अभियानलाई नै लक्षित गरी केही दिनदेखि विरोध प्रदर्शन भइरहेका छन् ।

एक हप्तादेखि ठूलो विरोध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनले एउटा र्‍याली स्थगितसमेत गरेका थिए । उनले प्रदर्शनकारीका व्यवहार अस्वीकार्य रहेको प्रतिक्रिया दिएका छन् । साथै उक्त विरोध प्रदर्शनले चुनावी र्‍यालीलाई मात्र नभएर स्वास्थ्यकर्मी, रेस्टुरेन्ट सञ्चालक र प्रान्तीय राजनीतिज्ञलाई समेत प्रभावित बनाएको उनको भनाइ छ ।

कान्तिपुर डेलि बाट

२०७८ भाद्र २३, बुधबार ०९:५५ 0 Minutes 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।