
हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) रोक्न संसद भवन घेर्न जाने बताएका छन् ।
मंगलबार एमसीसी बिरुद्ध ललितपुरको लगनखेलमा निकालिएको बृहत नागरिक आम सभामा बोल्दै ज्ञानेन्द्र शाहीले संसद भवन घेर्न जाने बताएका हुन् ।
एमसीसी सम्झौता गर्ने कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र प्रधानमन्त्री शेर बहादुर देउवासंग एमसीसीकोबारे एक–एक बुदामा बहस गर्न पनि तयार रहेको ज्ञानेन्द्र शाहीले बताएका छन् ।
शेर बहादुर देउवाले एमसीसी पास गर्न जोडबल गर्न थालेपछि एमसीसी राष्ट्रघाति भएको र कुनै हातलमा पास गर्न नहुने भन्दै देश व्यापी आन्दोलन हुन थालेको छ ।
कतिपय अन्दोलनकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालिसकेको छ ।
यो पनिः ज्ञानेन्द्र शाहीको गगन थापालाई प्रश्नः संसदमा त खाली घट्याङ घट्याङ गर्नुहुन्छ, अहिले कता हुनुहुन्छ ?
हाम्रो नेपाल हामी नेपालीका संयोजक तथा सामाजिक अभियानता ज्ञानेन्द्र शाहीले गगन थापालाई कता हुनुहुन्त छ भन्दै प्रश्न गरेका छन् । उनले आइतबार रिपोर्टर्स क्लबमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गगन थापालाई एमसीसीविरुद्ध उठ्न आवाह्न गरेका हुन् ।
उनले भने,’ गगन थापा कहाँ हुनुहुन्त तपाईं उठ्नुहोस्, जाग्नुहोस् संसदमा त खाली घट्याङ घट्याङ गर्नुहुन्छ । यो देश मरेको बेला म आग्रह गर्न चाहान्छु गगन कुमार थापालाई २३ गते सदनको बैठक बस्दै छ । गगन थापाले नेपाली जनताको प्रतिनिधित्व गरी एमसीसीकोविरुद्धमा आवाज उठाउने छन् भन्ने कुरामा म विश्वास दिलाउन चाहान्छु र आग्रह गर्छु संसदमा बोल्नुहोस् ।’
उनले संसदमा भदौ २३ गते एमसीसीविरुद्ध नबोलेमा नेपालको एक नम्बर दलालमा गगन थापा पर्ने बताएका छन् । उनले एमसीसी राष्ट्रघाती छ भन्ने कुरा सबै नेपाली जनतालाई थाहा भएको र यसकाविरुद्ध नेपाली जनता मर्न पनि तयार रहेको उनले जनाए । उनले भदौ २३ गते एमसीसीकाविरुद्ध आवाज उठाउन सडकमा आउन सबैलाई आग्रह गरेका छन् ।
भिडियो हेर्नूहोस्