२०७९ असार १५
  • काठमाडौँ

‘अमेरिकी सेना फेरि अफगानिस्तान जानुपर्ने हुनसक्छ’

काठमाडौं । अमेरिकी सिनेटर लिन्डसे ग्राहमले भविष्यमा अमेरिकी सैनिक फेरि अफगानिस्तान जानुपर्ने अवस्था आउने अनुमान गरेका छन्। ​

बीबीसँग कुरा गर्दै अमेरिकी सिनेटर ग्राहमले भने, ‘हामीले फेरि (अफगानिस्तान) जानुपर्ने हुन सक्छ, किनकि (आतंक) को खतरा भयंकर हुन्छ।’

बीबीसीको ‘हार्डटक’ कार्यक्रममा बोल्दै अमेरिकी सिनेटर ग्राहमले अफगानिस्तानमा अलकायदा पुनः जुर्मुराउन सक्ने आशंका व्यक्त गरे।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पनिकट सिनेटर ग्राहमले भने, ‘नयाँ तालिबान शासनमा अफगानिस्तान कट्टरवादी इस्लामको ठूलो अखडा बन्न सक्छ।’

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अमेरिकाले त्यहाँ २० वर्षदेखि जारी आतंकवादविरुद्ध युद्ध अन्त्य गर्दै गत हप्ता मात्र आफ्ना सबै सैनिक स्वदेश फिर्ता गरेको हो।

अमेरिकी सिनेटर ग्राहमले बीबीसीको कार्यक्रममा भने, ‘यसमा पूर्वराष्ट्रपति ट्रम्प वा वर्तमान राष्ट्रपति बाइडेनको गल्ती देखाउनुभन्दा पनि तालिबान अझै पनि बदलिएको छैनन्, उनीहरू उस्तै छन्। हामी फेरि अफगानिस्तान जानुपर्ने हुन्छ, जसरी हामी इराक वा सिरियामा गयौं।’

अफगानिस्तानमा अहिले तालिबान आफ्नो सरकार घोषणा गर्ने अन्तिम तयारीमा छ भने पन्जसिरमा आफूविरोधी समूहसँग लडिरहेको पनि छ।

२०७८ भाद्र २२, मंगलवार ०७:११ 0 Minutes 197 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार