२०७९ असार १८
  • काठमाडौँ

गत वर्ष मात्र बिहे गरेर अमेरिका फर्केका नेपाली युवकको मृत्यु

अमेरिका । अमेरिकाको सानफ्रानसिस्कोमा २७ वर्षीय नेपाली युवा सुमन पोखरेलको मृत्यु भएको छ । गत वर्ष मात्रै नेपालमा बिहे गरेर अमेरिका फर्केका पोखरेलको सेप्टेम्वर ४ तारिख शनिवार निधन भएको गैर आवासीय नेपाली सङ्घ अमेरिका क्यालिफोर्निया च्याप्टरले जनाएको छ ।

च्याप्टर सचिव हरि ओझाले एक विज्ञप्ति जारी गर्दै बिहीबार सुतिरहेको अवस्थामा अचेत भेटिए पछि पोखरेललाई आफन्त र साथीहरूले नजिकैको ओकल्यान्ड काइजर अस्पतालमा पुर्‍याएको उल्लेख गरेका छन् । उपचारका क्रममा सुमन पोखरेलको शनिवार बिहान निधन भएको जानकारी अस्पतालले आफन्तहरूलाई गराएको विज्ञप्तिमा छ ।

स्वर्गीय पोखरेलको नेपालमा झापा जिल्लाको बिर्तामोडमा घर रहेको छ । सन् १९९५ फेब्रुअरीमा पोखरलेको जन्म भएको हो । डीभी लोटरीको माध्यबाट सन २०१७ मा सुमन पोखरेल अमेरिका आएका थिए ।

सानफ्रानसिस्कोबाट पूर्व उत्तरमा रहेको सहर रिचमोन्डमा बस्तै आएका पोखरेलको शनिवार उपचारको क्रममा ओकल्याण्ड स्थित काइजर अस्पतालमा मृत्यु भएको हो । नेपालमा सुमनकी २२ वर्षीया पत्नी, एक मात्र सन्तान साथै बुवाआमा छन्।

पोखरेलको शव व्यवस्थापन र आवश्यक सहयोगका लागि, ह्वाइट जोन, क्यालिफोर्निया च्याप्टर, मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेटस ह्यारी भण्डारी र गैर आवासीय नेपाली सङ्घ अमेरिकाका क्षेत्रीय संयोजक श्रीराम थापा र गैर आवासीय नेपाली सङ्घ क्यालिफोर्निया च्याप्टरले काम गरिरहेका छन् ।

२७ वर्षीय नेपाली युवा सुमन पोखरेलको निधन प्रति दुख व्यक्त गर्दै क्यालिफोर्निया च्याप्टर र ह्वाइट जोन नेपालले सहयोगका लागि अपिल गरेका छन् ।

परिवारको अनुरोधमा स्वर्गीय पोखरेलको शव व्यवस्थापन ढुवानी लगायत आवश्यक काममा लाग्ने खर्च जुटाउन गोफण्ड खोलिएको जनाइएको छ । स्वर्गीय पोखरेल सहित दुई महिना वीचमा अमेरिकामा ७ जना नेपालीको मृत्यु भएको छ ।

२०७८ भाद्र २२, मंगलवार ०३:०७ 0 Minutes 139 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।