२०७९ असार १४
  • काठमाडौँ

MCC विरुद्ध ७ ओटै प्रदेश मा बृहत आन्दो”लनको घोषणा । ज्ञानेन्द्र शाही

अभियन्ता ज्ञानेनद्र शाहीको संयोजकत्वमा एमसीसी बिरुद्ध संयुक्त आन्दो लनको घोषणा भएको छ ।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलन मार्फत सातै प्रदेशमा भोलीबाट आन्दो लनका कार्यक्रमहरु हुने छ । आन्दोलन परिचालनका लागि सातै प्रदेशमा आन्दोलन परिचालन समिती गठन गरिएको पत्रकार सम्मोलनमा जानकारी दिइएको छ !

राजधानीमा भोली ४ बजे लगनखेल बसपार्कमा विशाल सभा गरिने संयुक्त आन्दोलन परिचालन समितीका संयोजनक ज्ञानेन्द्र शाहीले जानकारी दिए । प्रधानमन्त्री शेर बहादुर देउवा र कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका कारण देश उपनिवमा फस्न लागेको शाहीको आरोप थियो ।

उनले कुनै पनि हालतमा हाम्रा पिता प्र्खाले रगत बगाएर बनाएको देश कुनै पनि योगदान नगरेहरुले पराधिन बनाउन नदिने उद्धघोष गरे । यो देश बनाउन ज्ञानेन्द्र कार्की र देउवाको के योगदान छ भन्दै शाहीले संसद बैठक बस्ने दिन २३ गते राजधानीका नागरिकले संसद भवन घेर्ने बताए ।

उनले नेताहरु जहाँ जहाँबस्छन् सोही स्थानमा घेरा हाल्ने बताउँदै देश बेचुवा गद्धारहरुलाई कुनै पनि हालतमा बाँकी नराख्ने घोषणा समेत गरे । ७२ सालको संबिधान भन्दा माथि हुने गरि कुनै पनि सम्झौता गर्न नहुने तर्क गर्दै उनले अमेरिका पसेको कुन देश आज सुरीक्षत छ भन्दै देश जोगाउने हो भने एनजियो आइएनजियो लखेट्नु पर्ने बताए ।

संयुक्त आन्दोलनमा केशर बहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपाल र पशुपति खड्का नेतृत्वको दरवार निकटको शाही युवा शक्ति नेपाल लगायत अभियन्ताहरु पनि रहेको शाहीले जानकारी दिए । शाहीले रिपोर्टस क्लवमा गरेको भाषणा हेर्न सक्नु हुन्छ !

२०७८ भाद्र २१, सोमबार १४:०८ 0 Minutes 307 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार