
मलेसियावाट ९ श’व सहित १७ जनाको अ”स्तु नेपाल ल्याईयोको छ !
रामचन्द्र नेपाल /काठमाण्डौ/ दिनेश खड्का खप्तडि/ क्वालालम्पुर मलेसिया// १९ भाद्र २०७८, शनिवार// मलेसियामा विभिन्न कारणले मृत्यु भएका ९ जनाको श’व र १७ जनाको अस्तु शनिवार विहान नेपाल ल्याईएको छ । अस्तु ल्याईएका मध्ये अधिकाश कोरोना सक्रमणवाट मृत्यु भएकाहरुको हो ।
नेपाल एयरलाइन्सको ४१६ को वाईडवडि विमानमार्फत शव र अस्तु ल्याएको थियो । यतिवेला त्रिभुवन विमानस्थलको दृश्य निकै भावुक छ । त्यहाँ पुग्ने जो कोहिका पनि आँखा रसाएका छन । मन भक्कानिएको छ ।
मलेसियामा उडान भरिहरेको अन्य एयरलाइन्सले श”ब ल्याउदैनन । नेपाल एयरलाइन्सको वाईडवडि नियमितरुपमा मलेसिया नजाने भएकाले श’व लामो समयसम्म मलेसियामै रहने गरेको नेपाली दुतावास क्वालालम्पुर मलेसियाले जनाएको छ ।
आज सुनवल १ नवलपरासीका देउ वहादुर तामा ङ,लहान २३ सिराहाका स्वरुप सहनी,हथलवा डुवराकोट १ धनुषाका अकलेस मण्डल,निगालु ११ महोत्तरीका निल कमल कुमार चौधरी, धरमपुर ६ रौतहटका चन्द्रदेव राय यादवको श’व नेपाल ल्याईएको छ ।
यसैगरी धैजी २ मालाखेती कैलालीका गणेश खड्का,विदियानी ६ रौतहटका शेख जमुल्हादिन,मेचीनगर १ झापाका उपेन्द्रमुनी खवास र वैसाहि ७ लक्ष्मिपुर कन्चनपुरका शेर वहादुर शाहिको श’व नेपाल ल्याईएको छ ।
आज ल्याईएका अस्तुहरुमा वाग्लु ङका नेत्र वहादुर क्षेत्री,काभ्रेका नेत्र कुमार तामा ङ,कन्चनपुरका हर्ष वहादुर ऐर,मोरगका इच्छा वहादुर राई,झापाका खेमराज खत्रीको रहेको छ । यसैगरी तँनहुका देऊ कुमार गुरु ङ,नवलपरासीका कोष वहादुर थनाती,महोत्तरीका वलविन्दाम दास,सिन्धुलीका विशाल अधिकारी,रौतहटका नथुनी हजरा र सुर्खेतका टेक वहादुर विकको रहेको छ ।
त्यस्तै दा ङका पाले ओली,मोरगका मोहन श्रेष्ठ,तेह्रथुमका रुद्रमान तमा ङ,रामेछापका चन्द्र वहादुर राउत,तँनहुका भक्त वहादुर सुनुवार र पाल्पाका विनोद कुमार सार्कि रहेका छन ।
अगष्ट महिनामामात्रै मलेसियामा ११२ जना नेपालीको मलेसियामा मृत्यु भएको छ । मृत्यु भएका मध्ये ९६ जनाको कोरोना सक्रमणवाट मृत्यु भएको नेपाली दुतावास क्वालालम्पुरले जनाएको छ । हृदय”घात , सवारी दु””र्घ”ट”ना , अत्याधिक मदिरा सेवन , शरीरमा जटिल रोग लगायतको कारण १६ जना नेपालीको मृत्यु भएको भएको
दुतावासका द्धितिय सचिव तथा सूचना प्रमुख प्रतिक कार्कीले जानकारी दिए । उनले सवै मलेसियामा भएका सवै नेपालीलाई कोरोनाको खोप लगाउन अनुरोध गर्दे मलेसियन सरकारले जारी गरेको स्वास्थ मापदण्ड पालना गर्न अनुरोध गरेका छन । रास्ट्र डेली बाट साभार