२०७९ असार १४
  • काठमाडौँ

एमसीसी बिरुद्ध संयुक्त आन्दोलन गर्दै : ज्ञानेन्द्र शाही ।

काठमाडौ /भ्रष्ट्राचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहीको नेतृत्वमा एमसीसी बिरुद्ध निर्णायक आन्दोलन हुने भएको छ ।

बिभिन्न १० वटा भन्दा धेरै अभियान र ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियान मिलेर राष्ट्रघाती एमसीसीका बिरुद्ध निर्णयक आन्दोलन गर्न लागेको एक अभियन्ताले बताएका छन् । एमसीसी उपाध्यक्षको नेपाल भ्रमण बिथोल्ने लगायत कार्यक्रम गर्ने तयारी भैरहेको स्रोतले बतायो ।

एमसीसी बिरोधी संयुक्त राष्ट्रिय अभियानले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बुभिएको छ । आन्दोलनका कार्यक्रमहरुमा एमसीसीका उपाध्यक्ष फतिमाको नेपाल भ्रमणको सन्दर्भमा बिरोध नगर्न

गृहमन्त्रालयले दिएको चेतावनी पुर्ण अनुरोधलाई त्यसैगरि जवाफ दिने गरि आन्दोलनको तयारी गरिएको बुझिएको छ । निर्णयक आन्दोलनमा राजावादी हिन्दुवादी देखि देशभक्तहरुको मोर्चाबन्दी गरिएको एक अभियन्ताले बताए ।

आन्दोलनका कार्यक्रमहरुमा सडक प्रदर्शन देखि फतिमको भ्रमण बिथोल्ने र नुवाकोटको रातामाटे स्थिती आयोजनाले अधिग्रहण गरेको भुमि कब्जा गर्ने सम्मका कार्यक्रम रहेको बुझिएको छ । आन्दोलन सफल बनाउन ज्ञानेन्द्र शाहीले आफ्ना देश भरका

कार्यकर्ता र एमसीसीका बिरोधीहरुलाई राजधानी आउन आग्रह गरेको बुझिएको छ । उता सरकारले भने एमसीसीको बिरोध गर्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । सरकारको चेतावनीका बिच आन्दोलन नरोकिने मर्न या जेल जान परे पनि तयार रहेको शाहीलेि बताएका छन् । नेपाल पुकार बाट

२०७८ भाद्र २०, आईतवार १४:१३ 0 Minutes 223 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार