२०७९ असार १५
  • काठमाडौँ

नयाँबसपार्क, तारकेश्वर, बानियाटार र मित्रनगर बस्ने ४ जना डेराबाट पक्राउ : रातारात लखपती बन्न यस्तो गरिरहेका थिए

काठमाडौं, भदौ १८ – झण्डै दुई किलो यार्चागुम्बासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई एक किलो ८५० ग्राम यार्चागुम्बासहित पक्राउ गरेको हो।

उनीहरूलाई प्रहरीले बिहीबार काठमाडौं महानगरपालिका सामाखुसीबाट पक्राउ गरेको महाशाखाले जनाएको छ। मित्रनगर बस्ने गोरखाका ४८ वर्षीय डुण्डुप गुरूङ, नयाँबसपार्क बस्ने लमजुङका ५० वर्षीय बेलबहादुर थापा, बानियाटार बस्ने लमजुङका ४० वर्षीय कृष्ण परियार र तारकेश्वर बस्ने प्युठानका ४७ वर्षीय दानबहादुर जिसी पक्राउ परेका छन्।

अवैध रूपमा यार्चागुम्बाको कारोबार भइरहेको छ भन्ने महाशाखाले गोप्य सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले सामाखुसीको एक घरमा डेरा गरी बस्ने डुण्डुप गुरूङले बिक्री वितरण गर्न लुकाएर राखेको प्रहरीको आरोप छ।

उनको कोठामा तलासी लिँदा प्रहरीले एक किलो ८५० ग्राम यार्चागुम्बा बरामद गरेको हो। सो यार्चागुम्बा आठ लाख बराबरको छ। उनीहरूमाथि अनुसन्धान गर्न वन डिभिजन कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ।

२०७८ भाद्र २०, आईतवार ०५:०९ 0 Minutes 88 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार