
काठमाडौ / भ्रष्ट्राचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले गृहमन्त्रालयलको बिज्ञप्तीको कडा शब्दमा बिरोध गरेका छन् । ललितपुरमा आयोजित हाम्रो नेपाल हामी नेपाली अभियानको प्रथम युवा भेलालाई सम्बोधन गर्दै शाहीले वि पी कोइरालाले जनताले बोल्न पाउनु पर्छ भन्दै ल्याएको प्रजातन्त्रमा उनकै पार्टीले बोल्न प्रतिबन्ध लगाउनु बिडम्बना भएको बताए ।
२००७ सालको आन्दोलन,४६को जन आन्दोलन र ६२|६३ को जनआन्दोलनको उपलब्धि वाक स्वतन्त्रतालाई कुनै पनि तानाशाहले रोक्न नसक्ने बताए । शाहीले राष्ट्रघाती एमसीसीको बिरोध नगर्नु भन्दै बिज्ञप्ती निकाल्न लाएर जनताले तिरको करबाट तलव खाने कर्मचारकिो दुरुपयोग गरेको आरोप लगाए ।
शाहीले ७७ पृष्ठ लामो एमसीसी सम्झौता कुनै पनि मिडियामा पढेर देखाउन चुनौती दिए । यो देउवाले आज्र्याको मुलुक हो ? भन्दै जय सिंह धामीको ज्यान जाँदा विज्ञप्ती निकाल्न नसक्ने लाचार नेतृत्वले बिज्ञप्ती निकालेर बोल्न प्रतिबन्ध लगाउने ग”द्धार भएको उनको आरोप छ ।
देउवा र प्रचण्डलाई राष्ट्र”घाती भएको आ’रोप लगाउँदै
अफ्गानिस्तानकै बाटोमा अगाडी बढेको आ’रोप लगाए । नेताहरुले आफ्ना छोरा छोरी अेमरिका सेटल गरेको आ’रोप लगाउँदै यि नेताहरु पनि अफ्गानि राष्ट्रपति जस्तै बिदेश भाग्ने बताए ।
नेपालका कुनै पनि निकाय स्वतन्त्र नभएको बताउँदै उनले अदालतको न्याधिष बन्न देउवाको पाऊ मोल्नु पर्ने बताउँदै त्यो न्याधिषले कसरी न्याय सम्पादन गर्छ भन्दै प्रति प्रश्न गरे । शाहीले रुपान्तरणका लागि अब जनता सुतेर बस्न नहुने बताए ।
उनले बालकृष्ण ढुङगेल र अग्नी प्रसाद साप्कोटा जस्ता अ’प’रा’धी’लाई सम्माननिय भन्नु पर्ने परिवर्तनका लागि लडेका यो”द्धाहरु खाडीमा पसिना बगाउनु पर्ने भन्दै नेताहरु माथि आ”क्रोश पोखेका थिए ।
शाहीले लडा”ई अमेरिकाको बि”रुद्धमा नभई अमेरिकाको द”लाल नेताको बिरुद्धमा लड्नु पर्ने उनको भनाई थियो । शुक्राबार साँझ मात्रै गृह मन्त्रालयले मित्र राष्ट्रसँगको सम्बन्ध बिग्रने गरि नबोल्न आग्रह गरेको थियो । अन्यथा कानुनी कारबाही गर्ने बिज्ञप्तीमा लेखिएको छ ।