
काठमाडौं, भदौ १९ । शितगंगा नगरपालिकामा मिनीबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
काठमाडौबाट सन्धिखर्क आउदै गरेको बा ३ ख ८६३९ नम्बरको माइक्रोबस शनिबार बिहान ५ बजे शितगंगा नगरपालिका-३ ठाडामा दुर्घटना भएको हो ।
दुर्घटनामा भुमिकास्थान ९ ढिकुराका सञ्जय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
घाइते ६ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको इलाका प्रहरी कार्यलय ठाडाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिए ।
बस सडकबाट झन्डै ४ सय मिटर तल खसेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख थापाले बताए । नुवाकोट एक्सप्रेस बाट