
समाजमा पत्याउनै नसकिने घ”टना आजभोली सार्बजनिक भै रहेको छ ।
दिदीको छोरासँगै घरबाट निस्केकी चितवन,खैरहनी–२ की एक महिला बेपत्ता भएकी छन् । गत साउन १३ गतेदेखि बेपत्ता भएपछि खोजी गरिदिन अनुरोध गर्दै परिवारका सदस्यले साउन १५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन दिएका हुन् ।
तर अहिलेसम्म उनको बारे केही पनि पत्ता लाग्न नसकेको परिवारजनले बताएका छन् । बेपत्ता भएकी महिला माही परियार हुन् । अन्दाजी २६ वर्षकी उनी दिदीको १७ वर्षीय छोरा रोहित थापासँग घरबाट निस्केकी तर छोरा फर्केर घर पुगे पनि उनी भने हराइरहेकी हुन् ।
भरतपुरमा वकिल गजेन्द्र वस्तीलाई भेट्ने र अस्पतालमा जाँचेर घर फर्कने भन्दै उनीहरु निस्केका थिए ।भएभरका आफन्त तथा चिनेजानेकासँग सोधखोज गर्दा समेत उनको पत्ता लाग्न नसकेको घरका मान्छेले बताएका छन् ।
घरमा कुनै झै”झ”ग”डा नभएको माहीकी सासू लालुमाया परियार बताउँछिन् !