
मोटरसाइकल दु”र्घटनामा साइप्रसमा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
मृतक कपिलवस्तुका २४ वर्षीय तुलसी भुसाल रहेको साइप्रस प्रहरीले जनाएको छ । यस्तै भुसालसँगै मोटरसाइकलमा सवार सर्लाहीकी ३० वर्षीया मिरा घिसिङ गम्भीर घाइते भएकी छन् ।
उनको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको छ भने घाइते घिसिङलाई थप उपचारका लागि राजधानी निकोसिया रिफर गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।
प्रहरी अनुसार मृतक भुसालले मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हो । मोटरसाइकलमा सवार दुवैजना पर्खालमा ठो’क्कि’ए’को थियो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसले पनि मंगलबार बेलुकी ६:२० मा डेरिनियामा भएको मोटर साइकल दु”र्घटनामा भुषालको मृत्युबारे प्रहरीले रिपोर्ट सार्वजनिक गरेको .जनाएको छ ।