२०७९ असार १४
  • काठमाडौँ

डडेल्धुरा : एक करोड ९० लाख रुपैयाँ बजेट छुट्याएपनि धारामा खानेपानी आएन!

डडेल्धुरा । डडेल्धुराको नवदूर्गा गाउँपालिका क्षेत्रमा खानेपानीको हा’हा’कार भएको छ । मूलहरु सुक्नुका साथै खानेपानी आयोजनाहरु संरक्षणको अभावमा जिर्ण बनेपछि बडमका १२ वटा बस्तीमा खानेपानीको हा’हा’का’र भएको हो ।

शुद्ध खानेपानीका नाममा करोडौ खर्च भएपनि राजनीतिक खिचातानीकै कारण घर–घरमा जडान गरिएको धारामा पानी आउँने छाँटकाँट नै छैन । वि.सं. २०५१ सालमा पहिलोपटक खानेपानी योजना लागू भई नवदूर्गा क्षेत्रका केही गाउँमा शुद्ध पानी पु¥याइयो तर त्यो दुई वर्ष पनि टिकेन ।

त्यसपछि वि.सं. २०६९ सालयता बडम गाउँमा आठ वटा धारा बनाइए तर पानी आएन । यो स’मस्या अझैँ उस्तै छ, बडमगाउँका १२ वटा बस्ति खानेपानीको च’रम अ’भाव खेपिरहेका छन् ।

बडम गाउँवासी वर्षातको समयमा नोला (इनार) को पानी र गर्मीयाममा रडुवा खोलाको पानी प्रयोग गरिहेका छन् तर घरनजिक खोला तथा इनार नहुदा घण्टौं हिड्नु पर्ने तथा पालो कुनुपर्ने बा’ध्यता छ ।

गत वर्ष संघीय सरकारको समपुरक बजेटमा बृहत् खानेपानी आयोजना बडमका लागि स्थानीय सरकारले १ करोड ९० लाख बजेट छुट्यायो तर खानेपानी धारा बगाल गाउँमा बनाइदा सम’स्या नटरेको स्थानीयको दुखेसो छ ।

बडम गाउँमा ११ किलोमिटर टाढाबाट विगतमा पनि खानेपानी ल्याइएको थियो तर मर्मत संम्भारको अभाव तथा मूल नजिकका स्थानीयले पाइप काटिदिदा आयोजना नै जीर्ण बन्यो ।

अहिले खण्याखोलाबाट पानी ल्याउने गरी बृहत् खानेपानी योजना निर्माणाधीन अवस्थामा छ । अबको एक साताभित्रै निर्माण कार्य सम्पन्न हुने निर्माण व्यवसायीले बताएका छन् ।

२०७८ भाद्र १७, बिहीबार ०९:३६ 0 Minutes 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार