२०७९ असार १५
  • काठमाडौँ

काठमाडौंबाट घर गईरहेका युवकको प”हिरो ख’स्दा मृत्यु, पछा’डी बस्नेको पेट र अनु’हारमा चो’ट

काठमाडौं, भदौ १३ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा आज बिहान माथिबाट खसेको प”हिरोको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट जनकपुर जाँदै गरेको ज.८.प ७४९० नम्बरको मोटरसाइकलमा लाग्दा चालक र र पछाडि सवार व्यक्ति ग’म्भीर घाइते भएका थिए। प्रहरीको टोलीले उनीहरूलाई धुलिखेल अस्पताल पुर्‍याएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर घर भएका वर्ष २८ का सरोजकुमार साह रहेका छन् । मोटरसाइकल चालक साहको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साहको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलका पछाडी सवार रहेका धनुषाको रामानन्दचोक घर भएका वर्ष ३० का सतीशकुमार साहको भने घाइते भई अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहको पेट र अनुहारमा चोट लागेको र उहाँको अवस्था सामान्य रहेको छ ।

रासस

२०७८ भाद्र १७, बिहीबार ०१:०९ 1 Minute 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार