
धादिङ, भदौ १४ गते । धादिङको नीलकण्ठ नगरपालिका ८ बगैँचामा सोमबार बिहान आइसर ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।
ज्वालामुखी गाउँपालिकाको खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ३ ख ५६२३ नम्बरको आइसर ट्रक अनियन्त्रित भई दु”र्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।
गम्भीर घा’इते मध्ये आठ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ । ज्वालामुखी– ५ खरीका ५० वर्षीय बलराम अधिकारी, १७ वर्षीया सञ्जिता तामाङ, ४८ वर्षीय राजाराम अधिकारी र २६ वर्षीया मीना श्रेष्ठलाई हेलिकाेप्टरमार्फत र २० वर्षीय मानबहादुर तामाङ, ३५ वर्षीय सुवास तामाङ, ७० वर्षीया पार्वती आले र २८ वर्षीय दिलबहादुर बयलकोटीलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको हो।
घा’इते मध्ये अन्य चार जनालाई सामान्य उपचार पछि एम्बुलेन्समार्फत काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य सामान्य घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।