२०७९ असार १५
  • काठमाडौँ

गर्भावस्थामा विश्व कीर्तिमान: ३७ वर्षीया अफ्रिकी महिलाले एकैपटक १० बच्चाहरू जन्माइन्

काठमाडाैँ । ३७ वर्षीया अफ्रिकी महिलाले एकैपटक १० बच्चाहरू जन्माएकी छन् । गर्भावस्थामा उनले विश्व कीर्तिमान ताेडेकी छन् ।

सुन्दा अचम्म लाग्ला तर याे सत्य हाे ।

दक्षिण अफ्रिकाको गोटेंग प्रान्तकी एउटी महिलाले एकै साथ १० बच्चाहरूलाई जन्म दिएर विश्व कीर्तिमान बनाएकी छन् । महिलाको नाम गोसेम थामरा सिथोल हो । गोसेमले ७ जुनमा ७ बाबु र ३ नानीहरू जन्म दिइन् ।

यससँगै ३७ वर्षीय गोसेमले माली निवासी हलीमाको विश्व कीर्तिमान ताेडेकी छन् । गत महिना मोरक्कोमा नौ बच्चालाई जन्म दिएर हलीमाले विश्व कीर्तिमान भंग गरेकी थिइन् ।

गोसेमसँग पहिले नै-वर्षका जुम्ल्याहा बच्चाहरू छन् ।चिकित्सकहरूले याे एकदमै दुर्लभ घटना भएकाे बताएका छन् । एजेन्सीकाे सहयाेगमा

२०७८ भाद्र १५, मंगलवार १०:३६ 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार