२०७९ श्रावण ३१
  • काठमाडौँ

2 करोड सम्पती सहित मलाई बिहे गर्ने कोहि छ भने कमेन्ट गर्नुहोस

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन् । कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन् ।

कोरोना महामारी शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन् । विकट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौरव गर्छिन् ।

काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन् । अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन् । उनले आफुले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् ।

रमाइलो गर्दै उनले भनिन् घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु । ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन् । नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन ।

दशकभन्दा लामो समयदेखि कलाकारीतामा सक्रिय उनले नाम र दाम दुवै कमाएकी छन् । पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू देखाउन थालेको देख्न सकिन्छ ।

शुरुवातमा उत्ताउला र उच्छृंखल हुने गीतहरू अहिले अलिकति सुधार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ । उनको घरमा उनका दिदीका छोरा पनि बस्दै आएका छन् । उनीसँग आफ्नै लग्जरी कारपनि छ ।

उनको शौखिन जीवनशैली निक्कै लोभलाग्दो छ । अरु कालाकारको अवस्था हेर्दा र ज्योतिलाई नियाल्दा उनले आकाश, पाताल हुनेगरी आर्थिक रुपमा सम्पन्नता ल्याएकी छिन् ।

२०७८ भाद्र १४, सोमबार ११:०४ 0 Minutes 136 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।