२०७९ श्रावण ३१
  • काठमाडौँ

टिकटकमा भाइरल बुढीआमाका रमाइलो भिडियोहरू (भिडियो हेर्नुहोला)

आजभोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसिमका संजालहरू छन्। जसअन्तर्गत हाम्रो परिबेशमा फेसबुक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ।

सर्वाधिक जनसंख्याले यो संजालभित्र जोडिएका छन्। त्यसगरी पछिल्लो समय यता टिकटक पनि सर्वाधिक रुचाइएको सामाजिक संजाल भित्र पर्ने गर्दछ।

अधिकांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटाकेटीसमेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरेको पर्याप्त भेटिन्छन्।

गोर्खाको घलाङकी कृष्णकुमारी तिवारी ७८ वर्षकी भइन्। तर सामाजिक सञ्जालमा चर्चित उनका नृत्यमा देखिने जोश र उत्साह हेर्दा युवा अवस्थाको जस्तो छ।

छिमेकी १९ वर्षीया सुनिता बानियाँले टिकटकमा हालिदिएपछि चर्चामा आएकी उनी भन्छिन्, “मेरो प्राण नाचेरै जाओस्।”उनी नाचेर आफू कहिले नगल्ने बरु काम गर्दा गल्ने बताएकी छिन्।

कतिपय यसको प्रयोगकर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्।

यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ताहरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्राविधिक ज्ञानको कमी भएतापनी आफ्ना नानीहरूको सहयोगमा अकाउन्ट बनाएका हुन्छन्।

टिकटक हेर्नको लागि कतिपय सानासाना नानीहरूलाई पनिबेक किसिमको लत नै बसिसकेको हुन्छ। उनीहरू हेरिरहन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।

त्यसैगरी किशोर कोशोरीहरू पनि शाहसिक टिकटक बनाउने क्रममा विभिन्न ठाउँबाट लडेर मृ’त्युु भएका घटनाहरूसमेत हामीले सुनिरहेका छौँ। त्यसैगरी यसको दुरुपयोग हुने गरेकाले कतिपय विद्यार्थीहरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनीहरूको अध्ययनमा समेत असर परिरहेको छ।

यहाँ केही टिकटकमा चर्चित भएका वृद्धवृद्दाहरूको भिडियो प्रश्तुत गरि मनोरञ्जन दिने उद्देश्यका साथ तल प्रश्तुत गरिएको छ। कृपया भिडियोलाई राम्रोसँग हेरेर आफूलाई लागेको विचार तथा प्रतिक्रिया कमेन्ट बक्समा राख्न सक्नुहुनेछ। धन्यवाद!

२०७८ भाद्र १४, सोमबार ०४:५९ 0 Minutes 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।