२०७९ श्रावण २६
  • काठमाडौँ

विवादित एमसिसीको पक्षमा राष्ट्रिय सञ्चार माध्यमबाट विज्ञापन

काठमाडौँ – राजनीतिक रुपमा विवादित बनेको अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)कोे पक्षमा राष्ट्रिय स्तरका सञ्चार माध्यमबाट विज्ञापन बज्न थालेको छ।

नेपालस्थित एमसिसी परियोजना कार्यान्वयन गर्ने कार्यालयले टेलिभिजनमार्फत विज्ञापन दिन सुरु गरेको हो।

‘एमसिसी आफ्नै देशको फाइदाका लागि आएको हो, एमसिसी परियोजनाले विद्युत् उत्पादन गरिदिएपछि विदेशमा पनि निर्यात गर्न सकिने र देशको आर्थिक संवृद्धि हासिल गर्न सकिने’भन्ने भिडियो संवादमा उल्लेख छ।

एपी वान टेलिभिजनमा प्रसारित विज्ञापनमा  ‘एमसिसीको लगानीलाई देशको भविष्यका लागि गरिने लगानी’ भएको उल्लेख गरिएको छ।

गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन। परियोजनाले अमेरिकी हस्तक्षेप यसको विपक्षमा अहिले गाउँगाउँसम्म विरोध छ।

अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ। देश सञ्चार बाट

२०७८ भाद्र १४, सोमबार ००:२१ 0 Minutes 199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।