
पाल्पा । निरन्तर वर्षाका कारण गएको प’हि’रो’ले पाल्पाका राजमार्ग तथा सहायक राजमार्गहरु अवरुद्ध भएका छन् । पहिरो गएपछि सिद्धार्थ राजमार्ग सहित यहाँका एक दर्जन बढी स्थानका सडक अ’वरुद्ध भएका हुन् ।
पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा, तानसेन नगरपालिका–७ बर्तुङ, बगनासकाली गाउँपालिका–३ धैरेनी, बगनासकाली गाउँपालिका–४ शेरा, तिनाउ गाउँपालिकाको सिद्धबाबा, केराबारी, सिसुवा र हिउँदखोलामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्ड पूर्णरुपमा अ’वरुद्ध भएको छ ।
यस्तै तानसेन–११ सम्मोबारीमा प’हि’रो जाँदा तानसेन–रिडी सडकखण्ड र रम्भा–३ सीता पहाडमा पहिरो खस्दा बर्तुङ–रामपुर सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सिदार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड शनिबार रातिदेखि नै अवरुद्ध छ । वर्षा रोकिएपछि प’हि’रो क्षेत्रमा डोजर परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । इमेज खबर बाट