२०७९ मंसिर १५
  • काठमाडौँ

रियादको बथा-नेपाली मार्केट नजिक बधुले यसरी लुट्यो मेरो एक महिनाको कमाई

निराजन घिमिरे, २७ अगस्ट, चितवन- सन् २०१६ को मई २० तारिकमा म साउदी पुगेको थिए । साउदीको अल बवानी कम्पनीमा डकुमेन्ट कन्ट्रोलरको काम गर्नको लागी म त्याँहा पुगेको थिए ।

सुरुमा त साउदीको कानुन निकै कडा छ रे भनेको सुनेर निकै डर पनि लाग्यो । पहिला मलेशिया ३ वर्ष बसेर साउदी छिरेको म साउदीको हावापानी, रहनसहन, कानुन लगायत सम्पूर्ण कुरामा अन्जान थिए । साउदीको एअरपोर्टमा त ” झुक्याएर अर्कै मान्छेले लैजान्छ रे, मरुभुमीमा भेडा चराउन लैजान्छ रे” लगायत कुरा नेपालमा निकै सुनिन्थ्यो ।

एअरपोर्टमा निकै डर पनि लाग्यो । हामीलाई लिन ईन्डियन आएको रहेछ, त्यसैले अलि ढुक्क भैयो । कम्पनीमा पुगेर राम्रै संग काममा पनि लागियो । रियादको किंग अबदुल्ला फईनान्न्सियल डिस्ट्रिक्ट (KAFD) मा बन्दै गरेका सयौ भवन मध्ये हाम्रो कम्पनीले २ वटा भवन बनाउने ठेक्क्का पाएको रहेछ । मेरो डकुमेन्ट कन्ट्रोलर ड्युटी पनि त्यँही सुरु भयो। फिलिपिनो ईन्जिनियरहरु संग बसेर काम गर्नु पर्ने, बसाई चै रियादको बथा नजिकै सुमेसी भन्ने ठाउँमा थियो ।

एकदिन अफिस जान गाडी चढ्साने ठाउँमा जाँदै थिए । बाटोमा १० रियालको नोटले मलाई हेरिरहेको देखे । टिप्न खोज्दा झट्ट एउटा कुराको याद आयो । साउदीमा त बाटोमा पैसा भेटे पनि टिप्न हुन्न रे, टिप्यो भने चोरेको भनेर हात काटिदिन्छ रे, मैले त्यो १० रियाल टिप्ने आँट गर्न सकिन । सरासर गएर गाडीमा बसे । संगै बसेको फिलीपिनोलाई सबै कुरा सुनाए । उसले ” इन्ता मजनुन ” भनेर जिस्कायो ।

साउदी पुगेको तेश्रो महिना थियो । ६ तारिखमा खातामा तलब जम्मा हुने भएकोले त्यो दिनको माहोल नै अर्कै थियो । तलब १३०० खाना २५० र ओभरटाइम ८०० गरेर २३५० बुझ्ने वाला थिए मैले । विहिबार आधा दिन मात्र ड्युटी भएकाले हापटाईम मा बिदा थियो । २ बजे रुम पुगेर कपडा फेरेर सुमेसिको कुप्री (पुल) नजिकैको एटिएम् बाट पैसा निकालेर ट्याक्सी चढेर बथा पुंगे । ट्याक्सी ड्राईभर पाकिस्तानी संग रमाईला कुरा गदै बथा पुगियो ।

झुमाको अघिल्लो दिन भएर होला बथा बजार भिडभाड नै थियो । ट्याक्सी बाट झरेर म पनि त्यहि भिडमा मिसिए । सडकमा हिड्दै थिए एउटा कालो अफ्रिकन जस्तो मान्छे आएर म संग ठोकियो । साउदीमा यस्ता मानिसलाई बधु भनिने रहेछ । ठोक्किए पछी उसले मलाई अँगालो हालेर ” सरि हबिबी, ……., अरु के के भन्यो मैले बुझिन । ठोक्किदा पनि अँगालो हालेर जाने, सरि भन्ने कस्तो मज्जाको मान्छे रहेछ, भन्दै सोच्दै पैसा हाल्ने ठाउँ सम्म पुंगे ।

पैसा हाल्न भौचर भएर लाईनमा बसे । बल्लतल्ल पालो आयो । पैसा झिक्न भनेर खल्तीमा हात हाले, पैसा भेटिन । चोरी हुन्छ भन्ने दरले मैले पैसा पर्समा नराखी जिन्स पाईन्टको अगाडी पट्टिको गोजीमा राखेको थिए । पैसा नभेटेपछि मेरो रक्तसंचार बन्द भयो, धर्ति भासियो, मेरा नौनाली गलेर आए । म रन्थनिएर त्याँहा बाट निस्केर ट्याक्सी चढेर रुम आए। घरमा पैसा आउँछ अनि व्यबहार मिलाउँला भनेर कुरेर बसेका छन्, आफुलाई यस्तो बज्रपात आईपर्यो ।

बेलुका रुमका वरपरका संग आज यस्तो यस्तो भयो भनेर सुनाए । मैले त्यतिबेला सम्म पैसा कतै खसाएं भन्ने सोचेको थिए । बधु संग ठोक्किएको र उसले अँगालो हालेर सरि भनेको कुरा गरेपछि सबैले त्यहि बधुले पाकेटमारेको ठोकुवा गरे । कानुन कडा भएपनि साउदीमा पनि यस्ता घटनाहरु हुनेरहेछन । मलाई पनि त्यहि बधुले लुटेको रहेछ । त्यसैले तपाई पनि घरमा पैसा पठाउन जाँदा ध्यान पुर्याउनुहोला । बदमास बधुहरुले तपाईलाई पनि बिताउन सक्छन ।

२०७८ भाद्र १३, आईतवार ०९:११ 1 Minute 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।