२०७९ श्रावण ३१
  • काठमाडौँ

नेपालीले संचालन गरेको रेष्टुरेन्ट र खाना विश्वकै १४ औं उत्कृष्ट सूचीमा समावेश

लिस्बन । नेपाली व्यवसायी ध्रुव सुवेदीले युरोपेली मुलुक पोर्चुगलमा संचालन गरेको रेष्टुरेन्ट र त्यहाँ उपलब्ध परम्परागत खाना संसार कै उत्कृष्ट १४ औं स्थानमा सूचीकृत भएको छ । सुवेदीको रेष्टुरेन्ट उमा मेरिस्क्वियरामा उपलब्ध परम्परागत खाना अरुज डे मारिस्को संसारकै उत्कृष्टको सूचीमा समावेश भएको हो ।

विश्वका परम्परागत खाना र त्यहाँ उपलब्ध हुने परिकार बारे विशेषज्ञहरुले रेटिङ गर्ने प्रतिष्ठित वेबसाइट टेस्टएट्लसले सुवेदीको रेष्टु रेन्ट र खानालाई सूचीमा समावेश गरेको हो ।

सुवेदीले अन्य युरोपेली मुलुकमा पनि यो रेष्टुरेन्टको फ्रे’न्चाइज संचालनमा ल्याएका छन् । उक्त खाना र रेष्टुरेन्ट पोर्चुगलमै उत्कृष्ट , युरोपमा चौंथो अनि बिश्वकै उत्कृष्ट सिफुडमा पर्न सफल भएको छ ।

पोर्चुगलको राजधानी लिस्बन र विसेयु, स्पेनको सेभिल्ला तथा बेल्जियम र मकाउमा आउटलेट संचालनमा आएको छ। सर्वोत्कृष्ट सूचीमा समावेश भएसँगै सुवेदीले संसारका खाना पारखीमाझ चर्चा बटुलेका छन्।

टेस्टएट्लसमा बिश्वभरका ९२०० परम्परागत खाना, १७ हजार परम्परागत रेस्टुरेन्ट र ४८ हजार खाना विशेषज्ञ आबद्द छन । वर्षेनी उनीहरुले संसारकै सर्वोत्कृष्ट परम्परागत खाना र रेस्टुरेन्ट छान्ने गर्छन । पुर्बआवाज

२०७८ भाद्र १२, शनिबार २३:४९ 0 Minutes 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।