२०७९ असार १५
  • काठमाडौँ

नेपालबाट ५६ मेगावाट विद्युत् भारत निर्यात, आयात २३ मेगावाटमा झर्‍याे

काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात हुने बिजुलीको मात्रा घटाउँदै निर्यात बढाउन थालेको छ ।प्राधिकरणको भार प्रेषण शाखाका अनुसार अस्ति सोमवार नेपालले भारतमा ५६ मेगावाट बिजुली निर्यात गरेको छ । त्यसै दिन जम्मा २३ मेगावाट आयात भएको थियो । आज ५० मेगावाट निर्यात भइरहेको छ भने ३३ मेगावाट आयात भइरहेको छ ।

नेपालले २०७५ सालदेखि इनर्जी बैंकिङमार्फत भारतमा बिजुली पठाउन थालेकोमा यो अहिलेसम्मकै धेरै परिमाणको निर्यात भएको प्राधिकरणले जनाएको छ । यसअघि गएको असारसम्म पनि भारतबाट अधिकतम दुई सय मेगावाटसम्म बिजुली आयात भएकोमा अहिले आयात २३ मेगावाटसम्ममा झरेको हो ।

अहिले विद्युत् प्राधिकरण तथा सहायक कम्पनीबाट आठ सय ५९ मेगावाट र निजी क्षेत्रले चार सय ८३ मेगावाट गरी नेपालमा १३ सय ६५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । माथिल्लो तामाकोसीको बिजुली उत्पादन भएसँगै यसले आयात घटाउन र निर्यात बढाउन ठूलो भूमिका खेलेको प्राधिकरणले जनाएको छ ।

नेपालले भारतसँग विद्युत् आयात गर्न थालेको ३० वर्षपछि मात्रै पहिलो पटक आयात भन्दा निर्यात धेरै गर्न सफल भएको भार प्रेषण शाखाले जनाएको छ । सलुट ख्क्बर

२०७८ भाद्र १२, शनिबार ०४:२४ 0 Minutes 89 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार