२०७९ मंसिर १५
  • काठमाडौँ

जागिर खोजिरहेकी महिलासङ्ग मनमैजुको डेरामा ३ दिनसम्म सम्बन्ध ! अनि दुबई पुर्याएर यस्तो गरेछन

काठमाडौं, भदौ १० – काठमाडौंमा जागिर खोज्दै हिँडेकी महिलालाई विवाह गर्ने आश्वासन देखाएर दुबईमा बेचेको आ रोपमा अर्घाखाँचीका युवकलाई अदालतले थुनामा राख्ने आदेश गरेको छ ।

साउन १७ मा प्रहरीको मानव बे’चविखन अनुसन्धान ब्यूरोले अर्घाखाँची घर भएका ३३ वर्षीय मधु श्रेष्ठलाई पक्राउ गरेको थियो ।

श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारा पठाइसकिएको प्रहरीले जानकारी दिएको छ। उनले २०७७ कार्तिक २५ गते एक महिलालाई दुवईमा गएर पैसा कमाएपछि बिहे गर्ने भन्दै बिक्री गरेको उजुरी परेको थियो।

दुबई पठाउनुअघि श्रेष्ठले ती महिलालाई गेष्टहाउस र मनमैजुस्थित आफ्नो डेरामा ३ दिनसम्म राखेर जबरजस्ती यौनसम्बन्ध राखेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । त्यसपछि महिलासँग १ लाख ३० हजार रुपैयाँ लिएर दुबईस्थित अरबीको घरमा पुर्याएकी ती महिलालाई अबरीले ‘तँलाई १५ हजार दिराममा किनेको हुँ’ भन्दै कुटपिट र क’रणी गरेपछि उनी त्यहाँबाट भागेकी थिइन्।

दुवईस्थित एनआरएनएको सहयोगमा उनी २०७८ असार ९ मा नेपाल फर्केकी थिइन् । नेपालमा आएर घटनाबारे जानकारी गराएपछि ब्यूरोले त्यसबारे अनुसन्धान गरेर आरोपीलाई पक्राउ गरेको थियो ।

२०७८ भाद्र ११, शुक्रबार ००:१३ 0 Minutes 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।