२०७९ श्रावण ३१
  • काठमाडौँ

जनताको दुख देख्न नसक्ने गाएक टुहुरेको निधनले ३ करोड नेपालीहरु दुखि !

काठमाडौं । ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँद छ, लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ’, ‘आमा दिदीबहिनी हो, छोराहरू हो छोरीहरु हो,’ ‘आँधी खोलैले मलाई रोइरहने बनायो साउको जालैले’ जस्ता दर्जनौं जनवादी गीतका गायक जेबी टुहुरे अर्थात् जुठबहादुर खड्गी अब रहेनन् ।

७८ वर्षको उमेरमा उपचारका क्रममा उनको बिहीबार बल्खुस्थित बयोधा हस्पिटलमा निधन भएको हो । एक साताअघि ब्रेन स्ट्रो’क भएपछि उनलाई उपचारका लागि हस्पिटल भर्ना गरिएको थियो । टुहुरे मुटु, फोक्सो, मधुमेह र उ’च्च र’क्त’चापका विरामी थिए ।

२०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले एक सय ५० भन्दा बढी गीत रेकर्ड गराएका छन् । उनी दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ ।

जेबी टुहुरे पञ्चायतकालीन समयमा जनवादी गायकका रूपमा परिचित थिए । उनले गाएका गीत पञ्चायती कालरात्रिविरु’द्ध आन्दोलनको आवाज बन्यो, राज्यबाट शो’षित र उ’पेक्षित किसान र मजदुरको आवाज बन्यो । उनी आफ्ना गीतमा असमानताले थिचिएका विपन्नको आवाज बनाउँथे । त्यसैले पनि सबैले उनलाई मन पराएका हुन् ।

नेपाली समाजलाई उचनिचको व्यवहारबाट दोस्रो दर्जामा पारिएका महिलालाई वि’द्रो’हको झ’ण्डा बोक्न प्रेरित गर्ने वरिष्ठ जनगायक जेबी टुहुरेको निधनबाट नेपालको साङ्गीतिक क्षेत्रमा अपुरणीय क्षति भएको छ । खास नाम जुठबहादुर खड्गी भए पनि नेपालीले उहाँलाई जेबी टुहुरे भनेर नै चिने ।

जनताको गीत गाउने गायकको खास परिचय बनाउनुभएका उनको उपचारको क्रममा निधन भएको हो । केही दिन पहिले आफ्नै घरमा ल’ड्नु’भएका टुहुरेको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

उपचारमा संलग्न चिकित्सकले उनलाई स्ट्रो’क भएको बताए । उनलाई सिसीयूमा राखेर उपचार गराइएको थियो । विसं २०२४ देखि निरन्तर जनताको गीत गाउँदै आएका टुहरेको अधिकांश गीत लोकप्रिय छन् । टुहुरेको ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौँका लागि उजाड छ यो देश मु’ठ्ठीभरिलाई त स्वर्ग छ’ भन्ने गीत पनि उत्तिकै चर्चित छ ।

विसं २०२८ देखि सुरु भएको झापा वि’द्रो’ह र त्यसपछि सिर्जना भएको राजनीतिक अवस्थाले धेरैजसो नेता, कार्यकर्ता विस्थापित भए । टुहुरे भने त्यतै गाउँगाउँमा गीत गाउँदै लुकीलुकी हिंडे। उनि त्यतिबेला कोशी प्रान्तीय परिषद्मा सङ्गठित थिए । पञ्चायतकालका आफ्ना अधिकारको कुरा गर्नु नै अ’पराधज’स्तो ठानिन्थ्यो ।

त्यसै बेला गीत गाएर मानिसको अधिकारको कुरा गर्नु कति जो’खि’पूर्ण थियो होला ? उनले सुनाएका थिए । धरानको सैनिक भवनमा विसं २०३३ मा पहिलोपटक ‘आमा दिदीबहिनी हो’ भन्ने गीत गाएको उहाँले सुनाउनुभएको थियो । त्यसपछि यो गीत कतिपटक गाएँ भन्ने आफैँलाई हेक्का छैन ।

सुनसरीको धरानका स्थायी बासिन्दा रहनुभएका टुहरेलाई नेकपा (माओवादी केन्द्र)ले दोस्रो संविधानसभामा समानुपातिक प्रणालीअन्तर्गत संविधानसभा सदस्य बनाएको थियो । संविधानसभामा पनि उनले आफ्नै लोकशैलीमा धारणा राख्ने गर्थे ।

टुहुरे नेपाली वाम–लोकतान्त्रिक आन्दोलनका एक अथक, पुराना र अत्यन्तै निष्ठावान् व्यक्तित्व थिए । विसं २००१ कात्तिक १५ गते पूर्वी नेपालको धरानमा जन्मनुभएका टुहुरेले विसं २०२४ देखि जनताको गीत गाउन थालेका थिए । विसं २०२५ बाट पूर्व कोशी प्रान्तीय कमिटीमार्फत कम्युनिष्ट पार्टीको सदस्यता लिएका टुहुरेले आफ्नो सिङ्गो जीवन कम्युनिष्ट आन्दोलनमा बिताए ।

टुहुरेले गीत–सङ्गीतका माध्यमबाट तत्कालीन पञ्चायती कालरात्रिका विरु’द्ध जनतालाई जागृत र पछिल्लो लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा समेत अग्रभागमा रहि उल्लेखनीय योगदान पुर्याएका थिए ।

रेडियो नेपालको कार्यक्रममा गीत गाउने अवसर समेत मिल्यो । त्यसपछि जेबीको गायन यात्रा आरम्भ भयो । २०२४ सालमा रेडियो नेपालमै गाएको दोस्रो गीत त्यतिबेला निकै चर्चित बन्यो । रेडियो नेपालमा उनले गाएको गीतले राजा महेन्द्रको गाउँ फर्क अभियानलाई अप्रत्यक्ष सघाएको थियो तर जेबी टुहुरे चाहिँ बिस्तारै कम्युनिस्टहरुको सम्पर्कमा पुगिसकेका थिए ।

तत्कालिन समयमा मनमोहन अधिकारी, भरतमोहन अधिकारीहरुको नेनृत्वमा रहेको पूर्व कोशी प्रान्तीय कमिटिका कार्यकर्ताहरुसँगको संगतले उनी वामपन्थी बने । अनि त्यहीँबाट उनको गायन क्षेत्र पनि परिवर्तन भयो । सोल्टिनी र काली गोरीहरुका मायाप्रीतिका गीत गाउने जेबीले त्यसपछि गरीव किसान, मजदूर र आम दिदी बहिनीका गीत गाउन थाले ।

‘आमा दिदी बहिनी हो …’ बोलको गीतले जेबी टुहुरेलाई गाउँ गाउँ बस्तीमा चिनायो । आजभन्दा ४५ वर्षअघि गाएको यो कालजयी गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । यो गीतलाई जेबी टुहुरेले जनकलाकार रामेश र बम देवानको सहयोगमा ३ वर्ष लगाएर पूरा गरेका थिए ।

एक समय यस्तो थियो जेबी टुहुरे, रामेश, अरिम, मन्जुल, रामकृष्ण दुवालजस्ता चर्चित जनकलाकारहरु गीत गाउँदै गाउँघर हिड्दा प्रशासनको सातो उड्थ्यो भनें जनता उनीहरुतिरै ओइरिन्थे । उनले नै हात समाएर गीत गाउन सिकाएका शम्भु राई, लोचन भट्टराई जस्ता गायक गायिकाहरुले जनवादी गायनबाट त्यसबेलाका उनको भाषामा ‘धनवादी’ गायनको बाटो अँगाले ।

लोचन भट्टराईको जनवादी गायन टुट्नुको कहानी त अझ उनले रोचक सुनाएका थिए । त्यसबेला तत्कालीन मालेको सम्पर्कमा थिए उनीहरु । लोचनले ‘टाढा टाढा नभइ जाउ तिमी’ भन्ने गीत गाएपछि पार्टीले सोधपुछ थाल्यो र उनी जनवादी गायनबाट सधैंका लागि टाढा भइन् ।

जनताका गीत गाएर गाउँ बस्तीमा हिड्दा उहाँले धेरै हण्डर ठक्कर खाएका कहानी सुनाउँथे । गाउँ बस्तीमा जनताका ताली खाए भनें जनता उचाल्ने गीत गाएको आरोपमा जेलको चिसो हावा पनि खाए । कति ठाउँमा राती -राती जनतालाई जम्मा गरेर रगत उम्लने गीत गाउँथे, तर पनि प्रहरीले थाहा पाएर पक्राउ गरि हाल्थ्यो ।

जेबी टुहुरेले जीवनमा ठूलो सपना सजाएका थिए । त्यो के भनें कम्युनिस्टहरुले यो देश र जनताको मुहार फेर्नेछन् । यहि कोरा सपनामा उनले आफ्नो सिंगो परिवारनै दाउमा लगाए । श्रीमती सतिदेवीले छोराछोरीको गाँस काटेर पार्टीका नेता कार्यकर्तालाई पालिन् । छोरी भूमिका शुरुमा त बाबुकै बाटोमा थिइन् तर पछि परिवन्द अर्कै पर्‍यो जसले गर्दा टुहुरे स्वयंले ४०/५० वर्ष बिताएको पार्टी छाडेर माओवादी बनेको अर्कै कहानी छ ।

त्यसबेला भेट्दा उनी भन्दै थिए : अहिले आएर जनवादको सपना साँच्चैनै सपना नै रहेछ भन्ने लाग्न थालेको छ । उनले विरक्तिका कथा सुनाउँदा सँगै थिए रामकृष्ण दुवाल, जसले उनलाई ढाडस दिन खोज्थे ।

तत्कालिन कोशी प्रान्तीय कमिटि, मुक्तिमोर्चा, कोअर्डिनेसन केन्द्र, नेकपा माले हुँदै नेकपा एमालेसम्म उनले ४५ वर्ष बिताए । जनवादी गीति यात्रामा जेबी टुहुरेले खनेको गोरेटो निकै फराकिलो भयो । मधु गुरुङ जो पछि सांसद पनि भइन् उनी जस्ता धेरै कलाकार जेबीले उत्पादन गरेका थिए ।

उनको पार्थीव शरीरलाई आज साढे २ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जलिका लागि राखिएको थियो । त्यसपछि उनको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको तयारी गरिएको छ । झण्डै आधा शताब्दीभन्दा बढी नेपाली जनवादी गीत–सङ्गीगतमार्फत जनताको बीचमा मुक्ति, स्वतन्त्रता र परिवर्तनको शङ्खनाद गर्ने वरिष्ठ जनगायक टुहुरेको निधनप्रति सामाजिक सञ्जालमा दुःख व्यक्त गरिएको छ ।त्यसयता टुहुरे लगातार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा थिए । टुहुरेका श्रीमती, एक छोरा र चार छोरी छन् ।

ताजाखबर बाट

२०७८ भाद्र १०, बिहीबार १२:५५ 1 Minute 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।